बेरुत विस्फोटपछि लेबनानका प्रधानमन्त्रीले दिए राजीनामा
बेरुत (एजेन्सी)। लेबनानका प्रधानमन्त्री हसन दियाबले पदबाट राजीनामा दिएका छन्। उनले सोमबार राष्ट्रपति माइकल अयोनलाई राजीनामा बुझाएको बीबीसीले उल्लेख गरेको छ। गएको मंगलबार लेबनानको राजधानी बेरुतको तटीय क्षेत्रमा भयानक विस्फोट भएको थियो। जसमा कम्तिमा २ सयजना मारिएका थिए भने ६ हजारभन्दा धेरै घाइते भएका थिए।
सो विस्फोट हुनुअघि पनि लेबनानमा सरकारी विरोधी प्रदर्शनहरु भइरहेका थिए। विस्फोटपछि त्यहाँ व्यापाक प्रदर्शन भएको जनाइएको छ। सरकारी विरोधी प्रदर्शनहरु बढेपछि दुईजना मन्त्रीले राजीनामा दिएका थिए। तर, पुरै सरकारले राजीनामा दिनुपर्ने भन्दै त्यहाँ प्रदर्शन भएपछि प्रधानमन्त्री हसनले पनि पदबाट राजीनामा दिएका हुन्।
लेबनान पछिल्लो समय आर्थिक संकटमा फसेको जनाइएको छ।
प्रतिक्रिया
Facebook Comment