यौन प्यासीको रहर, यौनकर्मीको बाध्यता, महामारीले नरोकिएको जोखिमपूर्ण यौन व्यवसाय

डिसी नेपाल
२७ साउन २०७७ १०:५८

काठमाडौं। कोरोनाभाइरसको महामारीका कारण एक देशबाट अर्को देशमा जान प्रतिबन्ध लगाइएको भए पनि अमेरिकाका यौन प्यासीहरुलाई यसले छोएको छैन । उनीहरु नियम उल्लंघन गर्दै यौन प्यास मेट्नकै लागि सीमा पार गरेर मेक्सिको गइरहेका छन् । उता मेक्सिकोका यौनकर्मीहरुको पनि आफ्नै बाध्यता छ । उनीहरु पेट पाल्नकै लागि जोखिम मोलेर यौन व्यवसायमा संलग्न भएका छन् । अमेरिकी समाचार संस्था सीएनएनको रिपोर्टमा यसको खुलासा गरिएको छ ।

‘म मेरो स्वास्थ्यका विषयमा निकै डराइरहेकी छ’ मेक्सिकोको तिजुआनाकी यौनकर्मी अलेजान्ड्राले आफ्नो पूरा नाम उल्लेख नगर्न आग्रह गर्दै सीएनएनसँग भनिन् ‘मलाई थाहा छैन भर्खरै मसँग भएका व्यक्तिलाई त्यो रोग थियो वा थिएन ।’ मेक्सिकोको तिजुआनाको चर्चित रेडलाइट क्षेत्र जोना नोर्टे अमेरिका मेक्सिको सीमामै छ । यहाँ छोटा बपडा र हाइ हिलमा यौनकर्मी महिलाहरु सडकछेउ उभिएका देखिन्छन् । उनीहरुका एउटै चाहना र पुरुषहरुले उनीहरुसँग केही समय र पैसा खर्च गरुन् । उनीहरुका ग्राहकहरु ठूलो संख्यामा अमेरिकीहरु हुन्छन् जो क्यालिफोर्नियाबाट सीमा पार गरेर त्यहाँ पुग्छन् ।

मार्चको अन्तिममा मेक्सिको सरकारले महामारीका कारण अत्यावश्यक बाहेकका व्यवसाय बन्छ गर्यो जसमा तिजुआनाको यौन व्यवसाय पनि बन्द भयो । यी व्यवसायमा कडाइ आज पनि जारी छ । मेक्सिको र अमेरिकाबीचको स्थल सीमा पनि अत्यावश्यक कामबाहेकका लागि बन्द छ । तर, तिजुआनामा महामारीभन्दा अगाडिको जस्तो नभए पनि बन्द ढोकाभित्र यौन व्यवसाय चलिरहेको छ ।

बन्द भएपछि धेरैले व्यवसाय रोके । धेरै घर गए तर यहाँ अझै पनि सयौंको संख्यामा यौन व्यवसायीहरु छन् जसले अहिले पनि यहाँको मागको पूर्ति गरिरहेका छन् । महामारीअघि यहाँ दर्ता भएका ८ हजार यौन व्यवसायी थिए । अमेरिकाको सीमा अत्यावश्यक बाहेकका कामको लागि बन्द छ तर अमेरिकीहरु अझै पनि यहाँ यौन प्यास मेट्नकै लागि आइरहेका छन् ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *