दिउँसो टिभीमा अन्तर्वार्ता दिएका भारतीय काँग्रेसका प्रवक्ता त्यागीको घर फर्केपछि निधन
काठमाडौं। छिमेकी मुलुक भारतको प्रमुख प्रतिपक्षी दल अल इण्डिया काँग्रेसका प्रवक्ता राजीव त्यागीको बुधबार निधन भएको छ। भारतीय सञ्चार माध्यमका अनुसार हृदयघातका कारण त्यागीको निधन भएको हो।
गम्भीर विरामी भएपछि उनलाई गाजियावादस्थित अस्पतालमा भर्ना गरिएको थियो। सोही अस्पतालमै उनको निधन भएको हो। बुधबार दिनभर स्वास्थ्य ठिक रहेका उनी अचानक बेहोस भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। बेहोस भएपछि उनलाई अस्पताल लगिएको थियो।
बुधबार निधन हुनुभन्दा अघि उनले अपराह्न ५ बजे एक भारतीय टेलिभिजन बहस कार्यक्रममा भाग लिएका थिए। र सो टेलिभिज बहसमा आउँदै गरेको सूचना उनले स्वयम सामाजिक सञ्जालमाफर्त पनि दिएका थिए। त्यागी एक स्पष्ट वक्ताका रुपमा परिचित थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment