अयोध्याका महन्तमा कोरोना संक्रमण पुष्टि, मोदीसँगै गरेका थिए भूमि पूजा

डिसी नेपाल
२९ साउन २०७७ १६:१९

काठमाडौं । अयोध्याका प्रमुख महन्त नृत्या गोपालदासलाई कोरोना संक्रमण पुष्टि भएको छ। राम मन्दिर निमार्णको लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँगै भूमि पुजा गरेका उनलाई कोरोना पुष्टि भएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्।

अयोध्यामा अगष्ट ५ मा राममन्दिरको भूमि पुजामा प्रधानमन्त्री मोदी र गोपालदास एउटै मञ्चमा सहभागी भएका थिए। मञ्चमा गोपालदाससँगै मोदी, उत्तर प्रदेशका मुख्यमन्त्री योगीनाथ आदित्यनाथ, उत्तर प्रदेशकका गभर्नर अनन्दिबेन पटेल र राष्ट्रिय स्वंयसेवक संघका अध्यक्ष मोहन भागवत बसेका थिए।

गोपालदासलाई कहिले कोरोना संक्रमण भएको हो भन्ने खुलेको छैन।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *