यसरी कोरोना पराजित गरेँ : प्रदीप यादव

डिसी नेपाल
३० साउन २०७७ ७:२४

म सार्वजनिक लेखा समितिको सदस्य पनि हुँ। लेखा समितिले वैज्ञानिक वन व्यवस्थापनका विषयमा छलफल गर्न उपसमिति गठन गरेको थियो। उक्त उपसमितिमा म पनि सदस्य छु। उपसमति साउन १४ गते बुधबार सिन्धुली प्रस्थान गरेको थियो। त्यही क्रममा मलाइ सामान्य खोकी लाग्न सुरु भयो।

त्यो दिन हामी महोत्तरीको बर्दिबासमा बास बस्यौं। बर्दिबास पुगेपछि मलाइ हल्का ज्वरो पनि आयो। मैले सिटामोल मगाएर खाएँ। तर खोकी ठिक भएन। १५ गते म सर्लाही बारा हुँदै पर्सा पुगेँ। वीरगंजमा मेरो घर पनि हो।

त्यहाँ पुगेपछि मैले इन्टिवायोटिक खाएँ। तर मेरो मनमा चिसो पसिसकेको थियो। यो बीचमा मलाइ खोकी लाग्न छोडेको थिएन। यो बीचमा मैले आफूलाई आइशोलेट गरेरे राखेको थिएँ।

विशेष गरी मैले पाएजस्तै सबैले हौसला पाउने हो भने कोरोना जित्न सकिने रहेछ। कोरोनालाई परास्त गर्न सबैभन्दा ठूलो कुरा आत्मविश्वास रहेछ। म तपाइँको संचारमाध्यममार्फत आत्मविश्वास बलियो बनाउन र कोरोनलाई परास्त गर्न आग्रह गर्छु।

त्यसपछि मैले १६ गते नारायण अंचल अस्पतालमा गएर स्वाब दिएँ। राति करिव पौने दश बजे नारायणी अंचल अस्पतालमा मेडिकल सुपरिटेण्डेण्ट डा. मदन उपाध्यायले फोन गरेर कोरोना संक्रमण भएको जानकारी दिनु भयो। म झसङ भएँ। मेरो मन चिसो भयो, रातभरी सुत्न सकिन। रातभर मनमा कुरा खेल्यो।

म समाजिक पद धारण गरेको मानिस, धेरै ठाउँ गएको छु, धेरैलाई भेटेको छु। त्यसो हुनाले यसको जानकारी मैले सबैलाई दिनुपर्छ भन्ने लाग्यो र मैले सामाजिक संजाल फेसबुकमा आफूलाई कोरोना पोजेटिभ भएको जानकारी गराएँ।

त्यसपछि १७ गते विहानबाट धेरै साथीको फोन आयो। महामहिम राष्ट्रपतिज्यू, सम्माननीय प्रधानमन्त्रीज्यू, सभामुख, पूर्व प्रधानमन्त्री बाबुराम भट्टराई, उपेन्द्र यादव रक्षा मन्त्री ईश्वर पोखेल स्वास्थ्यमन्त्री भानुभक्त ढकाल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसहित उच्च प्रहरी अधिकृतदेखि पत्रकारसम्मले फोन गरेर ढाडस दिनु भयो। उहाँहरुले हिम्मत पनि दिनु भयो।

उहाँहरुको साथलाई मैले आफ्नो हिम्मत बनाए। त्यसपछि मैले कोरोनालाई कसरी जित्न सकिन्छ भनेर योजना बनाएँ। मैले चुनाव जित्न योजना बनाएजस्तै कोरोनालाई कसरी जित्न सकिन्छ भनेर योजना बनाएँ। विहान ६ बजे उढ्ने र दश बजे सुत्ने तालिका बनाएँ।

विहान उठेर घरको छतमा जगिङ गर्ने, रामदेब बाबाको प्राणायाम गर्ने, शारीरिक व्यायाम गर्ने, बेसार पानीको काढा बनाएर खाने, बेसारपानी, तुलसीको पत्ता पिसेर खाने गरेँ। च्यवनप्रसा सेवन गरे। तीन–तीन घण्टामा जुस खाएँ। दिउँसो तीन घण्टा सुत्थेँ। फिल्म हेर्ने र विशेष गरी मनलाई कोरोनाबाट टाढा बनाएँ। आफूलाई कोरोना लागेको छ भन्ने कुरा बिर्सिएँ।

अनि शरीरमा इम्यूनिटी पावर बढाउने खाने कुरा बढी खाने काम गरेँ। मलाइ करिव आठ दिनसम्म खोकी लागेको थियो। त्यसपछि क्रमश कम हुँदै गयो र मैले दश दिनमै कोरोनालाई परास्त गर्न सकेँ।

विशेष गरी मैले पाएजस्तै सबैले हौसला पाउने हो भने कोरोना जित्न सकिने रहेछ। कोरोनालाई परास्त गर्न सबैभन्दा ठूलो कुरा आत्मविश्वास रहेछ। म तपाइँको संचारमाध्यममार्फत आत्मविश्वास बलियो बनाउन र कोरोनलाई परास्त गर्न आग्रह गर्छु।

कोरोनाबाट मुक्त भएपछि सांसद यादवसँग गरिएको कुराकानीमा आधारित




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *