भारतीय गृहमन्त्री शाह कोरोना मुक्त
नयाँ दिल्ली (एजेन्सी)। कोरोना संक्रमित भएको भारतीय गृहमन्त्री अमित शाह कोरोना मुक्त भएका छन्। भारतीय सञ्चार माध्यमहरुका अनुसार शाहले शुक्रबार ट्वीट गरेर आफू कोरोना मुक्त भएको जानकारी दिएका छन्।
शाहले आफ्नो कोरोना परीक्षण रिपोर्ट नेगेटिभ आएको बताउँदै मेदान्त अस्पतालका चिकित्सकहरुलाई धन्यवाद दिएका छन्। तर, अझै केही दिन होम आइसोलेशनमा बस्ने उनले बताएका छन्। चिकित्सकहरुको सल्लाहाअनुसार होम आइसोलेशनमा बस्ने उनले बताएका हुन्।
शाह यही अगस्ट २ मा कोरोना पोजेटिभ भएका थिए। त्यसपछि उनी दिल्लीस्थित मेदान्त अस्पतालमा भर्ना भएका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment