नमन देशका योद्धाहरुमा (कविता)

डिसी नेपाल
३१ साउन २०७७ ९:३७

यो देशको सिमा रक्षार्थ बस्ने बहादुर सेना र सिपाही हरुलाई !!
यो मेरो भूमिका टुक्रा टुक्रा जोडेर ,सिङ्गो र सुन्दर राष्ट्र बनाउनेहरुलाई !!

सिमामा जङ्गे पिल्लर गाड्ने ती हाम्रा सारा वीर सपुतहरुलाई !
धन र सम्पतिमा कहिल्यै नबिक्ने आमाका योग्य सन्तानहरुलाई !!

के छैन मेरो भूमिमा हेर त माटोको महिमा अपूर्व नै छ !
जल र थलको प्रचुरताले धराको माटो मगमग भाको छ !!

पर्यटन गराउने सुन्दर हिमाल र ताल झर्नाको सुन्दर देश यो !
हिमाल आफै खेती गर्छ अमृतमय औषधी यार्सागुम्बाको !!

मुटुको भाव चढाएँ मैले तिनैका त्याग अनि बलिदानलाई !!
सयौँ जातीको शुभ भाव चढाएँ तिनै वीर योद्दालाई!!

यो देशमा स्वर्णकाल निर्माण गरेर , जनतालाई सुख दिने शासकहरुलाई !!
सत्तामा बस्दा देश भन्दा ठुलो केही हैन भन्ने धराका रक्षकहरुलाई !

देशको महिमा ,गरिमा अणिमा,जोगाइ राख्ने वीरहरुलाई !!
नारीको महिमा जोगाउने असल पिता पति र दाजु भाइलाई !!




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *