बर्दियामा निषेधाज्ञा पाँच दिन थप
राजापुर । बर्दियामा जारी निषेधाज्ञा पाँच दिनका लागि थप गरिएको छ । प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीको अध्यक्षतामा आज बसेको कोभिड –१९ संकट व्यवस्थापन बैठकले समुदायस्तरमा कोरोना फैलिन नदिई संक्रमणको जोखिम कम गर्न भदौ ५ गते राति १२ बजेसम्म निषेधाज्ञा जारी राख्ने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय बर्दियाले जनाएको छ ।
बैठकले स्वास्थ्य मापदण्ड विपरीतका क्रियाकलाप र चाडपर्वलगायत धार्मिक सांस्कृतिक कार्य गर्नका लागि हुने जमघट गर्न नपाइने, शैक्षिक संस्था, सभा, गोष्ठी, तालीम, सेमिनार, शैलून, ब्युटी पार्लर, जिमखाना सञ्चालन गर्न नपाइने निर्णय गरेको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी नारायणप्रसाद ढकालले बताए ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment