मूलसाँघु खोला किनारामा महिलाको शव

डिसी नेपाल
१ भदौ २०७७ २२:११

भक्तपुर । चाँगुनारायण नगरपालिका–७ र ८ को सिमानामा पर्ने मूलसाँघु खोलाको किनारामा आज एक महिलाको शव भेटिएको छ ।

भक्तपुर नगरपालिका–६ घरभई चाँगुनारायण नगरपालिका–८ जितपुर भाडामा बस्दै आएकी ३२ वर्षीया काली भन्ने यशोधा सिजखुको शव खोला किनारामा भेटिएको महानगरीय प्रहरी वृत्त जगातीका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए।

शवको पहिचान भने मृतकका श्रीमान् दशराम सिजखुले गरेको जानकारी दिँदै उनले शव परीक्षणका लागि काठमाडौँ मेडिकल कलेज दुवाकोट पठाइएको जानकारी दिए। खोलाको गहिरो भागमा शव रहेको र नजिकै एक गाई पनि मृत भेटिएको जानकारी दिँदै घटनाबारे अनुसन्धान प्रहरीले शुरु गरेको उनले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *