काँग्रेस नेतृ डिना कोरोना पोजेटिभ
काठमाडौं। काँग्रेस केन्द्रीय सदस्य महालक्ष्मी उपाध्याय ‘डिना’ कोरोना पोजेटिभ भएकी छन्। मंगलबार आएको कोरोना रिपोर्टमा उनी पोजेटिभ भएको पुष्टि भएको हो।
देशमा कोरोना संक्रमण बढेसँगै विभिन्न राजनीतिक दलका नेताहरु, मन्त्री, सांसद, न्यायाधीशहरु, मेयरहरु पनि कोरोना संक्रमित भइरहेका छन्।
मंगलबारमात्र नेपाली काँग्रेस नवलपरासी पूर्वका उपसभापति सुवासचन्द्र गिरीको कोरोनाकै कारण निधन भएको थियो। कोरोनाको संक्रमण बढ्न थालेपछि नेताहरुले राजनीतिक भेटघाट कम गरेका छन् भने केही आइसोलेशनमा समेत बस्न थालेका छन्।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment