कोराेना महामारीः चारदिनमा २२ जनाको मृत्यु
काठमाडौं। कोरोना संक्रमणका कारण पछिल्लो २४ घण्टामा ६ जनाको मृत्यु भएको छ। यो संख्यासँगै नेपालमा बिहीबार कोरोनाबाट मृत्यु हुनेको संख्या १२६ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले जानकारी दिए। उनका अनुसार पछिललो २४ घण्टामा काठमाडौंमा एक महिला, पर्सा एक महिला र २ पुरुष, मकवानपुर र सप्तरीमा एक एक पुरुषको मृत्यु भएको छ।
साउन लागेपछि नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या लगातार बढिरहेको छ। असाढ अन्तिममा नेपालमा मृत्यु हुनेको संख्या ३९ थियो भने साउन ३२ गतेसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या १०४ पुगेको थियो।
भदौ लागेपछि ४ दिनमा २२ जनाको मृत्यु भएको छ। यसअघि एकैदिन सबैभन्दा धेरै साउन २८ गते १० जनाको मृत्यु भएको थियो। नेपालमा पहिलो मृत्यु गएको जेठ ४ गते भएको थियो। त्यतिबेला कार्भेकी एक सुत्केरीको मृत्यु भएको थियो।
नेपालमा लगातार मृतक र संक्रमितको संख्या बढ्न थालेपछि सरकारले कोरोनाविरुद्धको रणनीतिमा परिवर्तन गरेको छ। गएको माधमा पहिलो कोरोना संक्रमित केस देखिएको थियो। त्यो समयदेखि चैत ११ गतेसम्म सरकारले चेतनामुलक कार्यक्रमबाहेक कुनै प्रतिबन्धतात्मक कार्यक्रम सञ्चालन गरेन। तर, चैत ४ मा दोस्रो संक्रमित फेला परेपछि सरकारले चैत ११ गतेदेखि देश व्यापी लकडाउन शुरु गरेको थियो।
जेठसम्म कडा लकडाउन गरेको सरकारले साढदेखि लकडाउन खुकुलो पारेको थियो। यस्तै साउन ६ गते लकडाउन अन्त्य भएको घोषणा गरेको थियो। तर, संक्रमितको संख्या बढेपछि अहिले सरकारले देशका विभिन्न ४१ जिल्लामा निषेधाज्ञा जारी गरेको छ। बिहीबारसम्म ७०७ नायाँ सहित कोरोनाबाट संक्रमित हुनेको संख्या २९ हजार ६४५ पुगेको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment