विदेशबाट नेपाल आउनेले के-के गर्नुपर्छ ? यस्ता छन् सरकारले बनाएका नियम

डिसी नेपाल
५ भदौ २०७७ २३:०१

काठमाडौं। गएको सोमबार रोकिएको उद्धार तथा चार्टर्ड उडान फेरि शुरु गर्ने सरकारले निर्णय गरेको छ। सरकारले नियमित उडान नै शुरु गर्ने भनेको छ। दैनिक एक नियमित अन्तर्राष्ट्रिय उडान गर्ने बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले निर्णय गरेको छ। यही भदौ १६ गतेबाट यस्तो नियमित अन्तर्राष्ट्रिय उडान गर्ने सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. युवराज खतिवडाले शुक्रबार जानकारी दिए।

सरकारले विदेशबाट नेपाल फर्किनेहरुका लागि विभिन्न नियमहरु बनाएका छ। ती सबै नियम पालना गरेपछिमात्र उनीहरुले नेपाल आउन पाउने छन्।
स्थलमार्गबाट नेपाल आउने, नियमति उडानबाट नेपाल आउने, श्रमिकहरु र उद्धार उडानबाट नेपाल आउनेहरुका लागि सरकारले विभिन्न शर्तहरु पुरा गर्नुपर्ने बताएको छ।

नियमित उडान

कोरोना संक्रमण न्यून रहेका र आरटी–पीसीआर परीक्षण सहज भएका मुलुक तथा सहरहरु मलेसिया, यूएई, दक्षिण कोरिया, थाइल्याण्ड,जापान, चीन, हङकङ, अस्ट्रेलिया, यूरोप र अमेरिकाबाट अनुमति पाएकाहरु नेपाली तथा नेपालस्थित विदेशी कूटनीतिक नियोगका अधिकारीहरु नियमति उडानमाफर्त नेपाल आउन सक्नेछन्।

तर उनीहरुले नेपालसम्मको उडान गर्दा केही नियमहरु भने पालना गर्नुपर्नेछ।

यसरी नियमित उडानमा आउनेले जहाज चढ्नु ७२ घण्टाअघिको आरटी–पीसीआर नेगेटिभ भएको प्रमाणपत्र कोभिड १९ संकट व्यस्थापन केन्द्र (सीसीएमसी)को वेबसाइटमा रहेको नेपाल आउनेले भर्नुपर्ने अनलाइन फर्म भरेको वा बारकोड वा प्रिन्ट कपी देखाउनु पर्नेछ।

यस्तै कम्तीमा सात दिन होटल क्वारेन्टिनमा बस्नुपर्ने छ। र यसरी कुन होटलमा क्वारेन्टिन बस्ने हो त्यसको पनि जानकारी दिनुपर्नेछ। र होटल पहिला नै बुकिङ्ग गर्नुपर्ने छ। कुन होटलमा क्वारेन्टिन बस्ने भन्ने विषयमा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले सार्वजनिक गरेको होटलको सूचीबाट छनौट गर्नुपर्ने छ।

श्रमिकका लागि व्यवस्था

नेपाल सरकारले श्रमिकको उद्धारका लागि साउदी अरब, यूएई, कतार, कुवेत, मलेसिया आदि मुलुकबाट सञ्चालन गरेको उद्धार उडानलाई तोकिएको संख्यामा यात्रु आउन पाउने गरि निरन्तरता दिने सरकारले निर्णय गरेको छ।

यसरी नेपाल फर्किनेहरुले पनि विभिन्न नियम पालना गर्नुपर्ने छ। उद्धार उडानबाट आउनेहरुले आरटी पीसीआर नेगटिभ भएको प्रमाण पत्र देखाउनुपर्ने छ। स्वास्थ्य परीक्षणको कार्य सकिएपछि कम्तिमा १४ दिन होम क्वारेन्टिनमा बस्ने लिखित प्रतिबद्धता गर्नुपर्ने छ। यसका लागि स्थानीय तहले समन्वय र अनुगमन गर्नेछन्।

एउटै उद्धार उडानमा पीसीआर नेगटिभ भएका र परीक्षण नगरेका व्यक्तिलाई मिसाएर ल्याउन पाइनेछैन।

पीसीआर परीक्षण नगरी अन्य परीक्षण गरेर नेपाल आएका सबै व्यक्तिहरु आफ्नै खर्चमा कम्तिमा सात दिन पर्यटन मन्त्रालयको समन्वयमा जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रबाट सूचीकृत होटलमा अनिवार्य रुपमा क्वारेन्टिनमा बस्नुपर्नेछ।

यसरी आएका व्यक्तिहरु क्वारेटिनमा बसेको ५ दिनपछि स्वास्थ्य मन्त्रालयले पीसीआर परीक्षण गर्ने व्यवस्था मिलाउने छ। र नतिजा नेगेटिभ आएमा थप ७ दिन होम क्वारेन्टिनमा बस्नेगरि जान दिने छ। एयरलाइन्सले सम्बन्धित यात्रुले छानेको सूचीमा रहेका होटलको दर अनुसारको रकम टिकट काट्दा नै उठाउनु पर्नेछ । उक्त खर्च एयरलाइन्सले होटललाई भुक्तानी गर्ने व्यवस्था संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मिलाउने छ।

कल्याण्कारी कोषको रकमबाट उद्धार

सरकारले विदेशमा अलपत्र परेका नेपाली श्रमिकहरुलाई वैदेशिक रोजगार बोर्डको कल्याणकारी कोषको रकमबाटसमेत उद्धार गरेर नेपाल ल्याउने निर्णय गरेको छ। यो निर्णय भएको एक महिनाभन्दा धेरै भए पनि कल्याणकारी कोषको रकमबाट उद्धार गरिनेहरुलाई कसरी नेपाल ल्याउने र त्यसपछि के गर्ने भन्ने विषयमा स्ष्पट भएको थिएन। बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले यो विषयमा पनि थप निर्णयहरु गरेको छ।

कल्याणकारी कोषको रकमबाट उद्धार हुनका लागि सीसीएमसीको वेबसाइटमा रहेको फर्म भर्नुपर्छ। त्यो सबै प्रक्रिया पुरा गरे पछि कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई काठमाडौं, ललितपुर र भक्तपुर जिल्लामा गृहमन्त्रालयले व्यवस्था गरेको क्वारेन्टिनमा बस्नुपर्ने छ।

गृह मन्त्रालयले तीन वटै जिल्लाका कोभिड १९ संकट व्यवस्थापन केन्द्र मार्फत नेपाली सेनाको सहयोगमा सम्बन्ति स्थानीय तहको समन्वयमा एकीकृत क्वारेटिनको सञ्चालन व्यवस्थापन गरिने छ। यसका लागि आवश्यक बजेट कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषबाट उपलबध गराउने। खाना र अन्य दैनिक उपभोगका सामानहरुको खर्च कल्याण्डकारी कोषबाट व्यहोर्ने सरकारले निर्णय गरेको छ।

स्थलमार्गबाट आउनेहरुका लागि

सतह मार्ग हँदै तोकिएका सीमानाबाट नेपाल आउने व्यक्तिहरु होटल क्वारेन्टिनमा कम्तिमा ७ दिन अनिवार्य बस्नुपर्ने छ। सरकारले यसअघि नै स्थाल मार्गबाट नेपाल आउनका लागि विभिन्न १० वटा नाका तोकिसकेको छ। ती नाकाबाहेक अन्य स्थानबाट नेपाल आउन पाइने छैन।

सीमानाका आसपासमा रहेका निजी होाटल क्वारेन्टिन बस्नुपर्ने छ। र यसको खर्च आफै व्यहोर्नुपर्ने छ। तर अलपत्र परी बेखर्ची भई होटल क्वारेन्टिनमा बस्न नसक्ने नागरिकहरुलाई नेपाल प्रवेशका लागि तोकिएको सीमावर्ती क्षेत्रमा नै आवश्यक क्वारेन्टिनको व्यवस्था, खाना लगायत अन्य उपभोग्य सामाग्रीको प्रबन्ध स्थानीय तहको समन्यवय र नेपाली सेनाको सहयोगमा जिल्लाको कोभिड–१९ संकट व्यवस्थापन केन्द्रले गर्ने छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *