चहलपहल बन्द, खुलेको मौसम र अद्भूत भक्तपुर ! हेर्नुहोस् ४६ तस्वीरहरु

डिसी नेपाल
६ भदौ २०७७ १५:२९

काठमाडौं। उपत्यकामा चहलपहल बन्द छ । झण्डै ४ महिनाको बन्दाबन्दी खोलिएपछि पहिल्लो एक महिना केही चहलपहल भयो तर कोरोनाभाइरसको प्रसार तीब्र भएपछि निषेधाज्ञा जारी गरिएसँगै सहरी क्षेत्र बन्द छ । सहरका भीडभाडयुक्त क्षेत्र सुनसान छन् । मानिसको आवतजावत छैन । सवारी साधन पनि चलेका छैनन् । चहलपहल र सवारीसाधन बन्द भएपछि शहरी क्षेत्रमा हुने धुलो र धुवाँ हराएर गएको छ । वातावरण खुलेको छ ।

वर्षा उत्तरार्द्धमा छ । वर्षायाम सकिएर शरद ऋतु सुरु हुने बेला यसै पनि मौसम खुलेर आउँछ । मौसम खुलेर आएसँगै नेपालीका चाडपर्वहरु पनि सुरु हुन्छन् । चाडपर्व सुरु भइसकेका छन् । प्रदूषणको दर निकै कम भएकोले यस वर्ष अघिल्ला वर्षभन्दा वातावरण निकै सफा छ । सफा मौसममा भक्तपुरमा ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पुरातात्विक महत्वका सम्पदाहरुको सौन्दर्य निखारिएर आएको छ । स्वच्छ मौसममा भक्तपुरका यी सम्पदाको सौन्दर्य डिसीनेपालकर्मी रमण मानन्धरले क्यामेरामा कैद गरेका छन् । हेरौं मानन्धरको लेन्सबाट अद्भूत भक्तपुर –




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *