गाउँका विद्यार्थीलाई ‘भर्चुअल कक्षा’ एकादेशको कथा !

धनकुमार कार्की
१५ भदौ २०७७ १०:१४

मोरङ। बिद्यालयको नियमित पठनपाठन तत्कालै सुरु नहुने भएपछि आफ्नो पढाइको चिन्तामा छन् रङ्गेली १ मोरङका कक्षा दशमा अध्ययनरत प्रकाश ऋषिदेव। उनले अनलाइन कक्षाको बारेमा सुनेका छन् तर देखेका छैनन्।

रेडियोबाट पनि पढाइ हुन्छ भन्ने उनलाई थाहा छैन। टिभीमा हुने कक्षा पनि केही दिन अर्काको घरमा गएर लिएपछि जान मन नलागेको बताउँछन् उनी। ‘टिभी छैन। आफ्नो स्क्रिनटच मोबाइल पनि छैन, सरहरुले टिभीमा पढ्नु भन्नु भएको थियो। अब दिनदिनै अर्काको घरमा टिभीमा पढ्न जान पनि पाइँदैन,’ उनले गुनासो गरे।

‘चारवटा किताब त स्कुलले अस्ती दिएको थियो, त्यो पनि घरमा पढ्न पाए कै छैन। अब स्कुल लागेपछि नै पढ्ने हो,’ उनले भने। काेरोना महामारीका कारण सरकारले गत चैतदेखि गरेको लकडाउन र हालको निषेधआज्ञाका कारण सम्पूर्ण शैक्षिक संस्थाहरुमा नियमित पठनपाठन ठप्प रहेको छ।

निजी तथा सामुदायिक विद्यालयहरुमा अन्योलताकाबीच पनि वैकल्पिक सिकाइ प्रणालीबाट पढाइ भइरहेको छ। तर यस्तो वैकल्पिक सिकाइ प्रणाली गाउँघरका अधिकांश विद्यार्थीलाई भने एकादेशको कथा जस्तै भएको छ।

यसले गर्दा निजी तथा सामुदायिक विद्यालयहरुमा अन्योलताकाबीच पनि वैकल्पिक सिकाइ प्रणालीबाट पढाइ भइरहेको छ। तर यस्तो वैकल्पिक सिकाइ प्रणाली गाउँघरका अधिकांश विद्यार्थीलाई भने एकादेशको कथा जस्तै भएको छ। वैकल्पिक सिकाइका लागि अनलाइन कक्षा, रेडियो र टिभीबाट कक्षा सञ्चालन भइरहेको छ।

वैकल्पिक सिकाइको अनुगमनमा प्रभावकारी संयन्त्र छैन। सरकारको सम्बन्धित मन्त्रालयले नै वैकल्पिक सिकाइलाई सरकारले प्राथमिकतामा राखेको बताउँछन् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयका प्रवक्ता दीपक शर्मा।

‘सरकारले असार एक गतेदेखि नै वैकल्पिक सिकाइ प्रणाली लागू गरेको छ,’ प्रवक्ता शर्माले डिसी नेपालसँग भने, ‘अहिलेको विशम परिस्थितिमा वैकल्पिक सिकाइ प्रणाली नै सरकारको प्राथमिकतामा छ।’

सरकारले सबै विद्यालयका विद्यार्थीको पहुँचमा पाढ्यपुस्तक पुर्याको दाबी गरेको छ। तर वास्तविकता भने फरक छ।  हालसम्म सामुदायिक विद्यालयले सबै विद्यार्थीको हातमा पाठ्यपुस्तक पुर्याउन सकेका छैनन्।

निजी विद्यालयले पनि असारमा केही दिन अनलाइन कक्षा सञ्चालन गरेका थिए। तर यसमा सबै विद्यार्थी समेटिएका थिएनन्। केही दिनमा त्यो पनि बन्द भयो। अहिले सम्भव भएका ठाउँमा गाउँकै शिक्षकको व्यवस्था गरेर ट्युसन कक्षा सञ्चालन गरिरहेका छन्।

विद्यार्थीहरुको पढ्ने बानी नछुटोस भन्नका लागि भएपनि गाउभित्रकै शिक्षक राखेर ट्युसन कक्षा सञ्चालन गरिरहेको स्थानिय निजी स्कुलका एक शिक्षकले बताए।

इन्टरनेट नहुने ठाउँमा रेडियो र टिभी हुन्छ भन्ने मान्यताले सरकारले वैकल्पिक सिकाइका लागि त्यसै अनुरुप सहजिकरण गरिरहेको भए पनि ग्रामीण समाजमा भने पहँच नहुनेहरुले त्यसको अनुभव गर्न पाएका छैनन्।

कतिपयले त अझ देख्न सुन्नसमेत पाएका छैनन्। सरकारले वैकल्पिक पठनपाठनलाई शैक्षिक सत्रमा मान्यता दिने थाहा पाएपछि आफूहरुलाई मान्य नहुने बताउँछन् रंगेली १ का विद्यार्थी कृष्ण हास्दा।

‘हामीले पढेकै छैन कसरी शैक्षिक सत्र हुन्छ, कक्षा चढाउन मात्र हतार गरेर हुँदैन नि,’ उनले भने, ‘हामीलाई लाउन खान त धौ धौ भएको बेला अनलाइन कक्षा कहाँबानट लिनु?’

उनीहरु विद्यालय खुलेपछि नियमित पढाइ हुने आशमा छन्। तर सरकारले भने अहिले जारी रहेको वैकल्पिक सिकाइ प्रणालीलाई नै मान्यता दिने बताइसकेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *