राप्रपामा देखिएको चुनाव चिन्हको विवाद समाधान

डिसी नेपाल
१६ भदौ २०७७ ६:३१

काठमाडौं।  भदौ विभाजनको संघार मा पुगे को राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)मा दे खिएको चुनाव चिहृनको विवाद समाधान भएको छ ।

अध्यक्षत्रयबीच पार्टीको चुनाव चिहृन ‘ हलो ’ राख्ने र पार्टीको झण्डामा ‘ गाई’ राख्ने सहमति भएपछि विवाद समाधान भएको हो। यसअघि तत्कालीन राप्रपा संयुक्तका अध्यक्षद्वय पशुपति शमशे र राणा र डा. प्रकाशचन्द्र लो हनीले चुनाव चिहृन  हलो  राख्नुपर्ने दबाब दिइरहेका थिए भने अर्का अध्यक्ष कमल थापा आफूले ने तृत्व गरेकाे  तत्कालीन राप्रपा नेपालको चुनाव चिहृन  गाई  राख्नुपर्ने अडानमा थिए।

राणा–लो हनीले चुनाव चिहृन  हलो’ नभए पार्टी फुटाउने चेतावनी दिएपछि थापा  हलो  लाई चुनाव चिहृनका रूपमा स् वीकार गर्न सहमत भएका हुन्। अध्यक्ष डा. लोहनीनिकट स्रोतले अध्यक्षत्रयबीच पार्टीको चुनाव चिहृन  हलो  र पार्टीको झण्डामा  गाई  राख्ने सहमति जुटे को पुष्टि गरे को छ ।

यसअघि, भदौ ९ गते डा. लोहनीको निवासमा बसे को अध्यक्षहरूको बै ठकले चुनाव चिहृनका बारेमा देखिएको विवादलगायत विषयहरूमा प्याके जमै सहमति जुटाउने सहमति गरेकाे थियो।

त्यसअघि पार्टी एकीकर ण भएको ६ महिना नपुग्दै राप्रपा चुनाव चिहृनबारे उत्पन्न विवादले फुटको संघार मा पुगे को थियो । राप्रपाले चुनाव चिहृन र पार्टीको विधानलगायत विषय टुंगो लगाउन ६ सदस् यीय कार्यदल गठन गरेकाे  थियो ।

साउन २८ गते अध्यक्षत्रय थापा, राणा र डा. लो हनीले पार्टी एकीकर ण आधार पत्रलाई अन्तिम रूप दिन ६ सदस् यीय कार्यदल गठन गरेका हुन्। कार्यदललाई सात दिनको समयावधि दिइएको थियो। याे समाचार हिमालय टाइम्स दैनिकले छापेकाे छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *