मुगुमा १ हजार दरको नक्कली नोट

डिसी नेपाल
१६ भदौ २०७७ १८:१३

मुगु। मुगु जिल्लाास्थित राष्ट्रिय बाणिज्य बैंकको शाखामा कारोवार गर्न आएका एक सेवाग्राहीबाट बैंकले नक्कली हजारको नोट फेला पारेको छ।

मंगलबार छायाँनाथ रारा नगरपालिका वडा नं १३ का सुरथ बहादुर रावतले आफ्नो खातामा जम्मा गर्न ल्याएको १००० को नोटमाथि शंका लागेपछि राष्ट्रिय बाणिज्य बैंक मुगु शाखाका कर्मचारीले चेक गर्दा नक्कली भएको फेला परेको नगद सहायक सरोज न्यौपाने जानकारी दिए।

१००० को एउटा मात्र नोट जम्मा गर्न आएका रावतले जम्मा गरिसकेर घर फर्किसकेपछि अन्य नोट भन्दा फरक लागेपछि नोट चेक गर्दा नक्कली भेटिएको बताइएको छ।

भेटिएको नोटमा सक्कली नोट भन्दा तौल कम भएको, रंग फिंंक्का देखिएको, हातमा नोट मुठ्ठी पार्दा कागज जस्तै डल्लो पर्ने गरेको, पानी छापमा रहेको लालीगुराँस नभएको, नोटको बिचमा रहेको सिल्भर चम्किलो रेखा नभएको पाइएको पनि नगद सहायक न्यौपानेले बताए।

छायाँनाथ रारा नगरपालिका वडा नं १३ भट्टेचौर पुलमा रहेको होटेलमा सोमबार खसी काटेको र मासु लिन आउने ग्राहक मध्ये कसैले उक्त नोट दिएको सुरथ बहादुर रावतले बताए। मंगलबार होटेलमा आएका सबैले उक्त नोट नक्कली भएको भनेपछि आफुले बैंकलाई बुझाएको उनले बताए।

बैंकमा नक्कली नोट फेला परेपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका साथै नेपाल राष्ट्र बैंकलाई समेत जानकारी गराएको बैंकले बताएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *