बेहुलाबेहुली, अभिभावक र पण्डित मण्डपबाटै पक्राउ

डिसी नेपाल
१७ भदौ २०७७ ८:४९

काठमाडौं। सल्यानको बागचौर नगरपालिका-८ गैरागाउँस्थित रेशमप्रसाद शर्माको घरमा विवाहको तयारी हुँदै थियो। सहभागी आफन्त खुसी साटासाट गर्दै थिए। ब्राम्हणले विवाह गर्ने कार्य सुरु गर्दागर्दै एक्कासी प्रहरी आयो र पुरोहितसहित बेहुलाबेहुली, उनीहरुका आमाबाबुलाई पक्राउ गर्यो।

प्रहरीले बालबिवाह गर्ने, गराउने र गराउन सहयोग गर्नेलाई मण्डपबाट पक्राउ गरेको छ। यो खबर आजको नागरिक दैनिकमा वीरेन्द्रनगरबाट गणेश विशुले लेखेका छन्। रेशमप्रसादका २५ वर्षीय छोरा दिपेन्द्र शर्माले बाँके बैजनाथ गाउँपालिका -१ गाभारकी १८ वर्षीया किशोरीलाई विवाह गर्न लागेका थिए।

‘विवाहको रमाइलो वातावरण थियो,’ जिल्ला प्रहरी कार्यालयका प्रवक्ता उमाकान्त जोशीले भने, ‘दुःखी बनाउने नियत थिएन। तर, कानुनविपरित बालबिवाह गरेकाले पक्राउ गर्नुपर्यो।’

बालबिवाहका कारण कलिलै उमेरमा गर्भवती हुँदा मातृ मृत्युदर र शिशु मृत्युदर बढ्ने, पाठेघर खस्ने समस्या, पारिवारिक जिम्मेबारी लिनुपर्ने कारणले विद्यालयमा पढाई छुट्ने, पारिवारिक सम्बन्ध विग्रँदै जाने र सम्बन्धविच्छेद हुने जस्ता समस्या देखिने गरेको जाजरकोटका बालअधिकारकर्मी रामप्रसाद केसीले बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *