धनुषामा कोरोना सङ्क्रमणबाट भारतीयको मृत्यु

डिसी नेपाल
१९ भदौ २०७७ १३:२९

जनकपुर धनुषामा एक भारतीय मजदूरको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। यससमेत गरी धनुषामा कोरोनाको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या १३ पुगेको छ।

क्षीरेश्वरनाथ नगरपालिका–३को रमदैयास्थित लोमस प्यारेन्टल एण्ड फर्मुलेसन उद्योगमा कार्यरत भारत, आन्ध्र प्रदेश विशाखापटनम बस्ने ६५ वर्षीय ती मजदुरको बिहीबार बिहान मृत्यु भएको र कोरोना पुष्टि शक्रबार भएको हो।

तीन दिनदेखि ज्वरो र झाडापखाला आएकाले कोरोनाको कारण मृत्यु भएको आशङ्कामा उनको स्वाबको नमूना सङ्कलन गरी जनकपुरस्थित प्रादेशिक प्रयोगशालामा परीक्षण गरिएको थियो । ती व्यक्तिमा कोरोना पुष्टि भएको स्वास्थ्य निर्देशनालयका सहनिर्देशक विजयकुमार झाले जानकारी दिए। नेपाली सेनाको टोलीले बिहीबार नै शव व्यवस्थापन गरिसकेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *