मन्त्रिपरिषद बैठकमा आफ्नो कार्यकालबारे अर्थमन्त्रीको ब्रिफिङ, आजै राजीनामा दिने

डिसी नेपाल
१९ भदौ २०७७ १५:१८

काठमाडौं। शुक्रबार बसेको मन्त्रिपरिषद बैठकमा अर्थमन्त्री डा. युवराज खतिवडाले आफ्नो अढाइ वर्षे कार्यकालको ब्रिफिङ गरेका छ। खतिवडाले आफू नियुक्त भएदेखि आजसम्म गरेको कामको बारेमा ब्रिफिङ गरेको एक मन्त्रीले जानकारी दिए।

‘अर्थमन्त्रीले आफ्नो अढाइ वर्षे कार्य कार्यकालको बिफ्रिङ गर्नु भयो,’ ती मन्त्रीले भने, ‘उहाँले आफ्नो कार्यकाल सफल भएको बताउनु भयो र हामीले देखेको पनि त्यही हो।’

मन्त्री खतिवडाले आजै साँझ आफूले राजीनामा दिने मन्त्रिपरिषद बैठकमा बताएका थिए। बैठकमा उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्न सिफारिस गर्ने विषयमा भने कुनै छलफल नभएको स्रोतले जनाएको छ।

बिहीबार बसेको नेकपा सचिवालय बैठकले उपाध्यक्ष बामदेव गौतमलाई राष्ट्रियसभामा मनोनित गर्ने निर्णय गरेको थियो। उक्त निर्णयसँगै अर्थमन्त्री डा. युवराज खतिवडाले आजै साँझ राजीनामा दिन लागेका हुन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *