भर्चुअल कर्मकाण्ड : संस्कृत, गुरुकुल र वैदिक सनातन कर्मकाण्डमाथिकाे दोस्रो प्रहार

डिसी नेपाल
२० भदौ २०७७ ७:१३

‌यो भर्चुअल कर्मकाण्ड अभियान संस्कृत गुरुकुल एवं वैदिक सनातन कर्मकाण्ड पद्धतिलाई समाप्त पार्न दोस्रो प्रयासको रूपमा संस्कृत विरोधी क्रिश्चियनहरूले प्रयोग गर्नसक्छन्। यस विषयमा सनातन धर्मावलम्बी तपाईं हामीहरू सबै चनाखो हुनुपर्छ।

पहिलो प्रयास थियो साधारणस्कूलबाट संस्कृत हटाउनु। जसको उद्देश्य थियो -साधारण स्कुलबाट संस्कृत हटाए पछि यी संस्कृत गुरुकुलहरू स्वत: समाप्त हुन्छन्। किनकि स्कुल एवं कलेजमा संस्कृत पढाउन नपाएपछि संस्कृतमात्र पढेका व्यक्तिहरू बेरोजगार हुने भयले कसैले पनि संस्कृत पढ्दैनन् र पढाउँदैनन् पनि।

‌त्यसकारण संस्कृत स्वत:लोप भएर जान्छ ,भनेर साधारण स्कुलबाट संस्कृत हटाएको थियो। ‌तर संस्कृतविद्यानुरागी महापुरुषहरूद्वारा सञ्चालन गरिएका गुरुकुलमा संस्कृत पढेका विद्वान्हरूले त वेदोक्त कर्मकाण्ड एवं पौराणिक कर्म गरेर पनि विश्वमा आदर्शमय सम्मानित जीवन जीउन सजिलै सक्ने रहेछन्।

दोस्रो अभियान अन्तर्गत यो सम्मानित विद्वत् परम्परालाई अहिले यो सङ्कट कालको बाहना बनाएर भर्चुअल विधि अपनाउने र श्राद्धादि कर्म गराउने। पछि यो सबै कर्मकाण्ड पद्धति टेप रेकड गरेर सबैका घर घरमा पु-याए पछि यो पठित विद्वान् गुरुहरूको उपस्थितिमा विधिपूर्वक कर्म गर्ने गराउने पाण्डित्य परम्परा आफैं समाप्त भएर जानेछ भनेर चलाइएकाे अभियान हाे।

यतिले मात्र त यो संस्कृति समाप्त नहुने रहेछ भनेर दोस्रो अभियान अन्तर्गत यो सम्मानित विद्वत् परम्परालाई अहिले यो सङ्कट कालको बाहना बनाएर भर्चुअल विधि अपनाउने र श्राद्धादि कर्म गराउने। पछि यो सबै कर्मकाण्ड पद्धति टेप रेकड गरेर सबैका घर घरमा पु-याए पछि यो पठित विद्वान् गुरुहरूको उपस्थितिमा विधिपूर्वक कर्म गर्ने गराउने पाण्डित्य परम्परा आफैं समाप्त भएर जानेछ भन्ने कलुशित भावनाका साथ चलाइएको यो सञ्जालविधि भित्रको नकारात्मक पक्षलाई समयमै बुझेर सम्बन्धित व्यक्तिहरूले विचार नगर्ने हो भने यसले सनातनदेखि चलिआएको मर्यादित कर्मकाण्ड एवं पौराणिक पद्धतिलाई मात्र नभएर गुरुकुलीय संस्कृत शिक्षालाई समेत समाप्त पार्नसक्छ ।

त्यस कारण केवल जानकारी मूलक सत्सङ्गात्मक कार्यक्रम बाहेक अनुष्ठानात्मक वैदिक एवं तान्त्रिक रहस्यात्मक कार्यहरू सञ्जाल(भर्चुअल) विधिद्वारा गर्नु-गराउनु भनेको आफ्नो वैदिक सनातन धर्मको मर्मलाई आफैँ समाप्त पार्नु हो ।

‌किनकि यस्ता कार्य क्रममा पुण्योत्पादकता नै रहँदैन । अर्थात् सञ्जाल विधिद्वारा गरिएका कार्यक्रमबाट केवल जानकारी मात्र हुन्छ। पुण्य हुदैन। पुण्य आर्जन गर्न त विधिपूर्वक कर्म गर्नु पर्दछ।

वर्तमान समयमा विश्व व्यापीरूपमा हाम्रो वैदिक अनुष्ठान एवं पाठ,पूजा आदि साधना प्रति भौतिक वादि वैज्ञानिकहरूको समेत ध्यान आकर्षण भएको बेला अझ निष्ठापूर्वक सत्कर्म गरेर वैदिक अनुष्ठानको सकारात्मक ऊर्जा आर्जन गरी बिश्वको कल्याण गर्नु पर्ने बेलामा भर्चुअल कर्मकाण्ड जस्ता सामान्य परिचयात्मक कार्य क्रम गरेर वा गराएर वैदिक साधनाको गरिमालाई गिराउनु भन्दा दुर्भाग्य अरु के हुन सक्छ । ‌यही कुरा गीतामा भगवान्ले भन्नु भएको छ-

य: शास्त्र विधिमुत्सृज्य वर्तते कामकारत:
‌न स सिद्धिमवाप्नोति न सुखं न परां गतिम् । गीत १६ ।२३ ।

अर्थात् जुन मनुष्य शास्रविधिलाई छोडेर मनमानी चल्दछ, त्यसले सिद्धि ,सुख, तथा परम गति केही पनि पाउँदैन ।
यही कुरा देवी भागवतमा पनि साक्षात् भगवान् नारायणले भन्नुभएको छ–

आचारहीनं न पुनन्ति वेदा:
यद्यप्यधीता:सह षड्भिरङ्गै:।
छन्दांस्येनं मृत्युकाले त्यजन्ति
नीडं कुन्ता इव जातपक्षा:।। देवीभागवत ११। २। १।

अर्थात् –शिक्षा ,कल्प ,व्याकरण ,निरुक्त ,छन्द ,ज्योतिष यी छ अङ्ग सहित वेदहरूले पनि आचारहीन व्यक्तिलाई पवित्र पार्न सक्दैनन्। उल्टै मर्ने बेलामा आचार हीन व्यक्तिलाई वेदहरूले त्यसरी नै छोडिदिन्छन् जसरी पखेटा पलाएका पक्षीले आफ्नो गुँड छोडी दिन्छ । त्यस कारण कुनै पनि कर्म गर्दा विधिपूर्वक कर्म गर्ने गराउने अभ्यास गर्नु पर्दछ ।

अव कसरी गर्ने त यो सोह्र श्राद्ध ?
१ पहिलो मुख्य कल्पमै विशेष भिड नगरी पिण्ड पकाउने, पिण्ड दिने र पिण्ड दिलाउने(गुरु) तीन जनामात्र भएर सामाजिक दुरी कायम गर्दै मुख्य तिथि मै श्राद्ध गर्ने
२ मुख्य तिथिमा गर्न नसके नवरात्रको प्रतिपदादेखि पञ्चमी तिथि सम्ममा गर्ने ।

त्यो दिन पनि सम्भव नभए कार्तिक महिनामा ८ ,१२, ३० , तिथिमा र भरणी नक्षत्र एवं व्यतिपात योग परेको दिन गर्ने ।  त्यो पनि सम्भव नभए १० महिनासम्म तोकिएको एउटा वेदको मन्त्र जप्ने जपाउने । त्यो मन्त्र धर्मशास्त्री गुरुहरूसंग लेखिमाग्ने ॐशान्ति: शान्ति: शान्ति: ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *