विश्वभर कोरोना : २४ घण्टामा २ लाख ६९ हजार थपिए, सबैभन्दा बढी भारतमा ९० हजार

डिसी नेपाल
२१ भदौ २०७७ ७:१७

काठमडौं। भारत कोरोना संक्रमणको ‘इपीसेन्टर’का रुपमा विकसित हुँदै छ। भारतमा गत २४ घण्टामा मात्र ९० हजार ६ सय बढी कोरोनाका विमारीहरु थपिएका छन्। यस्तै भारतमा मृत्यु हुनेको संख्या पनि ७० हजार बढी पुगेको छ।

हालसम्म जम्मा ४१ लाख १० हजार ८ सय बढी संक्रमित रहेको भारतमा गत २४ घण्टामा मात्र १ हजार बढीले ज्यान गुमाएका छन्।

भारतपछि अमेरिकामा गत २४ घण्टामा ४२ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। हालसम्म अमेरिकामा ६४ लाख ३१ हजार बढि कोरोनाका संक्रमितहरु थपिएका छन्। गत २४ घण्टामा ७ सय बढीले ज्यान गुमाएको अमेरिकामा हालसम्म १ लाख ९२ हजार बढीले कोरोनाका कारण ज्यान गुमाएका छन्।

यस्तै, कोरोनाको संक्रमितहरु धेरै थपिनेमा ब्राजिल तेस्रो नम्बरमा रहेको छ। गत २४ घण्टामा ब्राजिल ३१ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। ६ सय बढीले कोरोनाका कारण ज्यान गुमाएको ब्राजिलमा हालसम्म १ लाख २६ हजार बढीको मृत्यु भइसकेको छ।

यस्तै अर्जेन्टिनामा ९ हजार ९ सय बढी कोरोनाका संक्रमितहरु थपिएका छन्। फ्रान्स र कोलोम्बियामा ८ हजार बढी संक्रमितहरु थपिएको वल्र्डोमिटरले देखाएको छ।

पेरु र मेक्सिकोमा ६ हजार बढी, रसियामा ५ हजार बढी, इराकमा ४ हजार बढी, इन्डोनेसियामा ३ हजार बढी, यूक्रेन, फिलिपिन्स र इजराइलमा २ हजार बढी कोरोनाका संक्रमितहरु थपिएका छन्।

यस्तै, १ हजार बढी संक्रमित थपिने देशहरुमा नेपाल, भेनेजुअला, कोस्टारिका, चीली, बंगलादेश, इरान, यूके, इटाली, टर्की, मोरोको, रोमानीया, रहेका छन्। गत २४ घण्टामा सबैभन्दा कम भुटानमा १ जना मात्र कोरोनाका संक्रमित भेटिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *