भारतमा नेपाली परिवारको छाप्रोमा लोडसहितको ट्रक पल्टियो, आमाछोराको मृत्यु, पिता घाइते

डिसी नेपाल
२१ भदौ २०७७ १०:११

काठमाडौं। भारतमा एक नेपाली परिवार बस्ने छाप्रोमाथि लोडसहितको अनियन्त्रित ट्रक पल्टिँदा परिवारका आमाछोराको मृत्यु भएको छ । पिता घाइते भएका छन् । उत्तराखण्ड राज्यको उत्तरकाशी जिल्लाको पुरोलामा दुर्घटना भएको हो । छाप्रोमाथि ट्रक पल्टिएपछि तीनै जना नेपाली पुरिएको टाइम्स अफ इण्डियाले लेखेको छ ।

दुर्घटनापछि उद्धारका लागि गएको टोलीले छाप्रोको भग्नावशेषबाट तीनैजनालाई निकालेको थियो । बाहिर निकालेपछि आमा र छोरा मृत घोषित भएका थिए । पिताको उपचार भइरहेको बताइएको छ । दुर्घटनामा पर्ने नेपालीहरु ७० वर्षका जिया लाला, उनकी ५० वर्षकी श्रीमती नन्दा देवी र २२ वर्षका छोरा सुकदेव भएको समाचारमा जनाइएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *