संक्रमित भेटिएपछि पाल्पा अस्पताल सिल

डिसी नेपाल
२२ भदौ २०७७ ७:०२

रामपुर । पाल्पा अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण पोजेटिभ देखिएपछि अस्पताल सिल गरिएको छ। अस्पतालमा उपचाररत बिरामीमा कोरोना सङ्क्रमण देखिएपछि आकस्मिक सेवावाहेक सबै सेवा आइतबार साँझदेखि नै बन्द गरिएको पाल्पा अस्पतालका अध्यक्ष नेत्र पाण्डेले बताए।

गत हप्तादेखि अस्पतालमा भर्ना भई उपचार गराउँदै आएकी तानसेन नगरपालिका–११ बस्ने ८२ वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको हो। उनी पाल्पा अस्पतालमा कार्यरत कर्मचारीकी आमासमेत हुन। अस्पतालमा कोरोना सङ्क्रमण पुष्टि भएपछि बिरामी, बिरामीकी छोरी, कार्यालय सहयोगी, चिकित्सक र कर्मचारीलाई होम क्वारेन्टिनमा राखिएको छ।रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *