भ्रष्टाचारबाट उन्मुक्ति पाउन प्रचण्डको नयाँ दाउ

डिसी नेपाल
२२ भदौ २०७७ ८:०४

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रुमख आयुक्त नविन घिमिरे  अवकाशपाएसँगै प्रमुख आयुक्त कसलाई बनाउने भन्ने विषयमा यतिबेला दलहरुबीच रस्साकस्सीसुरु भएको छ ।

त्यसो त विभिन्न दश संवैधानिक निकायमा ३९ पद रिक्त छ, तर सबैकोध्यान यतिबेला अख्तियारमा केन्द्रित छ । असार १० गते सुरु भएको नेकपा सचिवालयबैठकमा एकाएक प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामाको विषय चर्कियो ।

विशेषगरी कार्यकारी अध्यक्ष प्रचण्ड र माधव नेपाल समूहले ओलीलाई दुई मध्ये एक पदबाटराजीनामा दिन लगाउने रणनीतिमा थिए । प्रचण्डले माधव नेपाल समूह राजनीतिकशक्तिलाई प्रयोग गर्दै प्रधानमन्त्री ओलीसँग राजनीतिक बार्गेनिङ गर्न थाले ।

प्रचण्डलेराजनीतिक रुपमा आफूलाई दबाव दिन थालेपछि प्रधानमन्त्री ओलीले अख्तियारको त्रासदेखाउने गरेको प्रचण्डले आफू निकटसँग गुनासो गर्ने गरेका थिए । माओवादी लडाकुशिविरमा करोडौंको भ्रष्टाचार भएको भन्दै तत्कालीन युवासंघ नेपालले अख्तियार दुरुपयोगअनुसन्धान आयोगमा उजरी दिएको थियो । उक्त उजुरी अहिले पनिअख्तियारमा विचाराधीन छ ।

प्रचण्डआफ्नो घाँटीमाथिको तरवारका रुपमालिएको भ्रष्टाचारको मुद्दा सधैंका लागिसमाप्त पार्न चाहन्छन् । त्यही दाउमा रहेका प्रचण्डले भदौ २९ पछि अवकाश पाउनेप्रमुख आयुक्त घिमिरेको ठाउँमा पूर्वमाओवादी कोटाबाट नियुक्त भएकावरिष्ठतम आयुक्त गणेशराज जोशीलाईप्रमुख आयुक्त नियुक्त गर्ने र माओवादीलडाकु शिविरमा भएको भ्रष्टाचार मुद्दाकोफाइल बन्द गराउने योजनामा छन् ।

त्यसका लागि उनले पूर्व एमालेतर्फमा माधवनेपाल, झलनाथ खनालसहितका नेताकोराजनीतिक शक्तिलाई प्रयोग गरी प्रधानमन्त्रीओलीसँग बार्गेनिङ गरेका थिए । अब केहीदिनभित्रै बस्ने संवैधानिक परिषदको बैठकले ख्तियारसहित अन्य संवैधानिक निकायमापदाधिकारी नियुक्त गर्ने बताइएको छ । हालअख्तियारमा प्रमुख आयुक्तसहित तीन जनापदाधिकारी छन् ।

रिक्त दुई सदस्यमाप्रधानमन्त्री केपी ओलीले पूर्व गृहसचिवप्रेमकुमार राईलाई नियुक्त गर्ने संभावनारहेको छ भने एक आयुक्त प्रमुख प्रतिपक्षकोहैसियतमा नेपाली कांग्रेसले पाउने भएकोछ । कांग्रेस सभापति शेरबहादुर देउवालेकांग्रेसको कोटाबाट राष्ट्रिय अनुसन्धानआयोगका पूर्व प्रमुख आयुक्त दीलिप रेग्मीर अख्तियारका पूर्वसहसचिव गणेश कार्कीकोनाम सिफारिस गरेको बताइएको छ ।

प्रधानमन्त्री ओलीले गणेशराजजोशीपछि राईलाई प्रमुख आयुक्त बनाउनेगरी वरिष्ठ आयुक्तको रुपमा पूर्व गृहसचिवराईलाई अख्तियारमा नियुक्त गर्न लागेकोबताइएको छ । उता प्रचण्डको चाल थाहापाएपछि माधव नेपाल समूह भने प्रचण्डसँगरुष्ट बनेको छ ।

आफ्नो स्वार्थ सिद्धनहुँदासम्म साथ खोज्ने र स्वार्थ सिद्ध भएपछिओलीसँग गएर मिल्ने अवसरवादी भन्दैनेपाल समूह प्रचण्डसँग रुष्ट बनेको हो ।पछिल्लो समय पार्टीभित्रको विवाद समाधानगर्न दुई अध्यक्षले गठन गरेको कार्यदलप्रतिपनि नेपाल समूहले असन्तुष्टि जनाएकोथियो । बिहीबार बसेको सचिवालय बैठकमापनि नेता नेपालले कार्यदलको प्रतिवेदनप्रतिअसन्तुष्टि जनाएका थिए। जनभावना साप्ताहिकबाट




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *