कुवेतमा अवैध मदिरा कारखानामा अहिलेसम्मकै ठूलो छापा, नेपालीसहित ४ जना पक्राउ

डिसी नेपाल
२३ भदौ २०७७ १४:५०

काठमाडौं। कुवेतमा अवैध मदिरा कारखानामा अहिलेसम्मकै सबैभन्दा ठूलो छापा मारिएको छ । हवाली गभर्नोरेट सुरक्षा निर्देशनालयका सुरक्षाकर्मीले छापा मारेका हुन् । जनसुरक्षा क्षेत्रका उपसचिव जनरल फराज अल जौबीको निर्देशन अनुसार छापा मारिएको त्यहाँको अल अन्बा दैनिकलाई उद्धृत गर्दै अरब टाइम्स अनलाइनले लेखेको छ ।

छापा मारेर अवैध मदिरा उत्पादनमा संलग्न ४ जनालाई पक्राउ गरिएको छ । पक्राउ परेकाहरु २ महिला र दुई पुरुष छन् र उनीहरु नेपाली र भारतीय भएको बताइएको छ । यद्यपि को भारतीय र को नेपाली हुन् भन्ने प्रस्ट छैन । यी जोडहिरु एक अर्कासँग सम्बन्धित नभएको र विवाहेत्तर अवैध सम्बन्धमा रहेको पाइएको समाचारमा जनाइएको छ।

पुलिसले छापा मारेर बिक्रीका लागि तयार पारेर राखिएका मदिराका बोतलहरु सिल गरेको छ । सुरक्षा स्रोतका अनुसार उनीहरु कम्पाउण्डसहितको विलामा बसिरहेका थिए ताकि नजिकका अरुले रक्सीको गन्ध थाहा नपाउन् । पुलिसले मदिरा बनाउने कच्चा पदार्थ भरिएका ड्रमहरु पनि सिल गरेको छ । ड्रममा कच्चा पदार्थ डिस्टिलेसनको लागि कहिले तयार हुन्छ भन्ने किति र प्रयोग गर्न तरिकाहरु पनि लेखिएको बताइएको छ ।

यो उद्योगलाई अहिलेसम्म कुवेतमा छापा मारिएका अवैध मदिरा उत्पादन कारखानाहरुमा सबैभन्दा ठूलोमध्येको एक मानिएको छ । पुलिसले कच्चा पदार्थका १७० ड्रम सिल गरेको बताइएको छ जो दशौं हजार बोतल मदिरा उत्पादनको लागि पर्याप्त हुन्छ । पुलिसले यो घरमा गैरकानुनी गतिविधि भइरहेको सूचना पाएका आधारमा छापा मारेको थियो । कुवेतमा यसै साता अन्य २ जना नेपाली पनि पक्राउ परेका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *