नेवा अर्गनाइजेशन अफ अमेरिकाको नयाँ कार्य समिति चयन

डिसी नेपाल
२३ भदौ २०७७ १९:१४

वाशिङ्टन। अमेरिकामा रहेका नेवा समुदायहरुको संथा नेवा अर्गनाइजेशन अफ अमेरिका (एनओए)को नयाँ कार्य समिति चयन भएको छ। यही ६ सेप्टेम्बरमा सम्पन्न एनओएको साधारसभाले नयाँ कार्य समिति चयन गरेको हो।

साधारण सभाले यज्ञमान शाक्यको नेतृत्वमा ८ सदस्यीय कार्य समिति चयन गरेको हो। समितिको सभापतिमा यज्ञमान शाक्य, उपसभापतिमा महिन्द्रमान सिंह प्रधान, द्वितीय उपाध्यक्षमा  राजेशलाल श्रेष्ठ,  महासचिबमा उदय श्रेष्ठ, कोषाध्यक्षमा दिवाकर धौभाडेल, सचिबमा बबिता श्रेष्ठ चयन भएका छन्। यस्तै सदस्यहरुमा नविनमोहन रञ्जित, सुगन्ध श्रेष्ठ र मार्कण्डयमान सिंह प्रधान चयन भएका छन्।

साधारण सभामा अमेरिकाका लागि नेपाली राजदूत डा. अर्जुन कार्कीले प्रमुख अतिथिकिा रुपमा आफ्नो शुभकामना मन्तव्य दिएका थिए। एनओए साधारण सभा निर्वाचन मण्डलका संयोजक दयारत्न शाक्य तथा सदस्यहरु रत्नकाजी शाक्य र रामलाल श्रेष्ठले सँयुक्तरुपमा नयाँ कार्य समिति चयन भएको घोषणा गरेका थिए। नयाँ कार्य समितिको पदावधि ३ वर्षको हुनेछ।

कोरोना महामारीका कारण साधारणसभा भर्चुअल रुपमा आयोजना गरिएको थियो। सभामा डिसी क्षेत्र तथा अमेरिकाका अन्य राज्यमा बस्ने नेपाली नेवा समुदायका मानिसहरुको सहभागिता थियो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *