एएनएमएको नयाँ कार्य समिति चयन

डिसी नेपाल
२३ भदौ २०७७ १९:४१

वाशिङ्टन। अमेरिकामा रहेका नेपालीहरुको संस्था एसोसिएशन अफ नेप्लिज इन मिडवेष्ट अमेरिका (एएनएमए)को नयाँ कार्य समिति चयन भएको छ।
एएनएमएको साधारण सभाले नयाँ कार्य समिति चयन गरेको हो। यही पाँच सेप्टेम्बरमा सम्पन्न साधारण सभाले डा दिवाकर दाहालको संयोजकत्वमा १९ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो।

भर्चुअल माध्यमबाट भएको साभारण सभा निर्वतमान सभापति बलराम पन्थीको अध्क्षतामा भएको थियो। सभामा पन्थीले स्वागत मनत्वय राखेका थिए। यस्तै निवर्तमान महासचिब डा. दिवाकर दाहालले सभा सञ्चालन गरेका थिए।

साधारण सभामा संस्थाका संस्थापकहरू, आजीवनसदस्यहरू, ट्रस्टीज़,साधारण सदस्यहरू, सल्लाहकारहरू, वर्तमान तथा भूतपूर्व कार्यसमितिकापदाधिकारीहरू,विभिन्न संघ संस्थाका पदाधिकारीहरू तथा सदस्यहरूको उपस्थिति रहेको थियो। निवर्तमान महासचिब डा. दाहाललले आफ्नो कार्यकालको प्रगति विवरण प्रस्तुत गरेका थिए। यस्तै निवर्तमान कोषाध्यक्ष डा. ओम दाहालले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए।

सभाले संस्थाको विधानसमेत पारित गरेको छ। नयाँ कार्य समिति चयनका लागि अध्यक्ष राजेन्द्र खतिवडा, सदस्यहरु डा. गौरी अधिकारी बाला घिमिरे रहेको निर्वाचन समिति गठन गरिएको थियो।
नवनिर्वाचित कार्य समितिको सभापतिमा डा. दिवाकर दाहाल, वरिष्ठ उपसभापति तिलक केसी, सपभातिमा उर्मिला पन्थी, महासचिबमा डा. ओम दाहाल, सचिबमा सन्तोष लामिछाने, कोषाध्यक्षमा विष्णु न्यौपाने, मिडिया कोअर्डिनेटरमा खेम पाठक, एक्स आफिसिओमा बलराम पन्थी रहेका छन्।

यस्तै कार्य समिति सदस्यहरुमाडा. बुद्धि ज्ञवाली, विनोद त्रिपाठी, दुर्गा प्रसाद घिमिरे, सुरेश अधिकारी, देव बास्तोला, धिरेन्द्र न्यौपाने, केशव भट्टराई, देभ आर सडौला, सन्दीप सिंह र विष्णु पी अधिकारी

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *