सङ्क्रमितभन्दा निको हुने दोब्बर

डिसी नेपाल
२४ भदौ २०७७ ६:२६

काठमाडौँ। कोरोना भाइरस कोभिड–१९ बाट सङ्क्रमित हुनेको सङ्ख्याभन्दा निको हुनेको सङ्ख्या झण्डै दोब्बर देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ९७९ जनामा कोरोना सङ्क्रमण देखिएको छ भने सोही समयमा एक हजार ७३६ जना सङ्क्रमण मुक्त भएका छन् ।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोनाबाट मुक्त हुनेको सङ्ख्या ३० हजार ६७७ पुगेको छ । अब देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या १६ हजार २५९ रहेको छ ।
देशका विभिन्न प्रयोगशालामा परीक्षणका क्रममा पछिल्लो २४ घण्टामा ९७९ जनामा कोरोना पुष्टि भएको छ । मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा नौ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा थप ९७९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको हो । अघिल्लो दिनकै हाराहारीमा सोमबार पनि कोरोना पुष्टि भएको हो । आइतबार ९८० जनामा सङ्क्रमण पुष्टि भएको थियो ।

काठमाडौँमा अझै उच्च
उपत्यकाका तीन जिल्लामध्ये काठमाडौँमा अझै बढी सङ्ख्यामा कोरोना सङ्क्रमण देखिएको छ । सोमबार मात्र काठमाडौँ उपत्यकामा थप ३२६ जनामा कोरोना सङ्क्रमण देखिएको छ । त्यसमा काठमाडौँमा सङ्ख्या उच्च छ । मन्त्रालयका प्रवक्ता डा। गौतमका अनुसार काठमाडौँमा २९३, ललितपुरमा २० र भक्तपुरमा १३ गरी कुल ३२६ जनामा कोरोना सङ्क्रमण देखिएको हो । आइतबार उपत्यकामा ३५४ जनामा कोरोना पुष्टि भएको थियो ।

थप ११ को मृत्यु
यसैगरी सोमबार नेपालमा कोरोना सङ्क्रमणबाट ११ को मृत्यु भएको छ । डा। गौतमले काठमाडौँका तीनसहित देशभर थप ११ जना कोरोना सङ्क्रमितको मृत्यु भएको जानकारी दिनुभएको खबर आजको गोरखापत्रले प्रकाशन गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *