कोरोनाको संक्रमणबाट साउदीमा ५२ नेपाली श्रमिकले ज्यान गुमाए

डिसी नेपाल
२४ भदौ २०७७ १६:५७

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को संक्रमणबाट साउदी अरबमा ५२ नेपालीको ज्यान गएको छ । साउदी अरबका लागि नेपाली राजदूत प्रा.डा. महेन्द्रसिंह राजदपूतले हालसम्म ५२ जना नेपाली श्रमिकले ज्यान गुमाएको पुष्टि गरे ।

साउदीमा मंगलबारसम्म ३ लाख २२ हजार २३७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ४ हजार १ सय ३७ जनाले ज्यान गुमाएका छन् । जसमा ५२ जना नेपाली श्रमिक रहेको राजदूत राजपुतले बताए । कोरोनाका कारण साउदीमा थुप्रै नेपाली पनि संक्रमित भएका थिए । तर, तीमध्ये कैयौँ नेपाली उपचारपछि निको भएर काममा फर्किसकेको उनको भनाइ छ ।

साउदीमा संक्रमितमध्ये २ लाख ९८ हजार २ सय ५४ जनाले स्वास्थ्यलाभ गरिसकेका छन् । अहिले त्यहाँ १९ हजार ८ सय ५४ वटा ‘एक्टिभ केस’ रहेको त्यहाँको स्वास्थ्य मन्त्रालयको तथ्याङकले देखाउँछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *