विदेशबाट नेपाली फर्काउन उडान संख्या बढाइने, कम्पनीले गराइदिने चार्टर्ड उडानका लागि पनि अनुमति

डिसी नेपाल
२५ भदौ २०७७ १५:३०

काठमाडौं । कोरोनाका कारण विदेशमा समस्यामा परेका नेपालीहरु स्वदेश फर्काउन सरकाले उडान संख्या बढाउने भएको छ । उच्चस्तरीय परामर्शबाट अन्तर्राष्ट्रिय उडानको संख्या थप गर्ने समझदारी भएको पर्यटन, नागरिक तथा उड्ययन मन्त्री योगेश भट्टराईले डिसी नेपाललाई जानकारी दिए ।

मन्त्री भट्टराईका अनुसार अब पीसीआर रिपोर्ट भएका यात्रु मात्र ल्याउने गरी नियमित उडान भएका मुलुकमा एयरलाइन्स कम्पनीले थप उडान माग गरेमा सरकारले उडानका लागि अनुमति दिने भएकाे छ । त्यस्तै अबदेखि कुनै कम्पनीले आफ्नै खर्चमा कामदारलाई नेपाल फर्काउन चाहेमा पनि प्राथमिकताको आधारमा उडान अनुमति दिइनेछ ।

श्रम कल्याणकारी कोषबाट उद्धार गर्नु पर्ने कामदारका हकमा भने श्रम मन्त्रालयले श्रम गन्तव्य मुलुकमा रहेका नियोगसँगको समन्वयमा उडानको व्यवस्था गरिने मन्त्री भट्टराईले जनाए। नियमित उडान नभएका मुलुकमा पीसीआर रिपोर्ट नेगेटिभ भएका यात्रुका लागि पनि मागअनुसार उडान संख्या थपिने मन्त्री भट्टराईको भनाइ छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *