भारतीय र चिनियाँ सैनिकको भिडन्तको भिडियो सार्वजनिक, चिनियाँ मिडियाले बाहिर ल्यायो

डिसी नेपाल
२६ भदौ २०७७ १०:५२

काठमाडौं। चिनियाँ र भारतीय सैनिकबीच भएको भिडन्तको नयाँ भिडियो सार्वजनिक भएको छ । यो भिडियोमा दुवै देशका सैनिक सीमामा हातपात गरिरहेका देखिएका छन् । भिडियो चिनियाँ मिडिया साउथ चाइना मर्निङ पोस्टले सार्वजनिक गरेको हो । यो भिडियो कहिलेको हो भन्ने आधिकारिक खुलासा भएको छैन तर यो मे महिनाभन्दा अगाडिको भएको मानिएको छ । किनकि यहाँ जति सैनिक देखिएका छन् त्यो संख्यामा सैनिक मे महिनाभन्दा अगाडि थिए । त्यसपछि दुवै देशले यहाँ सैनिक संख्या बढाएका छन् ।

एससीएमपीका अनुसार यो भिडियो गलवान घाटी क्षेत्रको हो । झडपको भिडियोमा गलवान नदी स्पष्ट रुपमा देखिएको छ । भारत र चीनका सैनिक हात, खुट्टा र डण्डाले भिडेका देखिएका छन् । दुवै देशबीच भएको सहमति अनुसार यस क्षेत्रमा दुवै पक्षका सैनिकले हतियार प्रयोग गर्दैनन् । भिडियोमा केही सैनिकको हातमा राइफल पनि देखिन्छ तर उनहिरुले त्यसको प्रयोग गरेका छैनन् । चीनको सैनिक स्रोतले यो भिडियो केही महिना पुरानो भएको जनाएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *