चीनको सेनाले ‘अपहरण’ गरेका ५ जना ‘भारतीय जासुस’

डिसी नेपाल
२७ भदौ २०७७ १५:२२

काठमाडौं। चीनले अरुणाचल प्रदेशबाट ‘अपहरण’ गरेको दावी गरिएका ५ जना भारतीयलाई चीनले ‘भारतीय जासुस’ बताएको छ । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले ती ५ जना जासुस भएको र उनीहरुलाई ‘प्रशिक्षित गरी पठाइएको’ दावी गरेको छ । यसअघि अरुणाचल प्रदेशका सांसदसमेत रहेका एक भारतीय मन्त्रीले ५ जना भारतीयलाई चीनको जनमुक्ति सेनाले अपहरण गरेको आरोप लगाएका थिए ।

केन्द्रीय मनत्री किरण रिजिजूले चीनको सेनाले ती ५ जना चीनको षेत्रमा रहेको पुष्टि गरेको पनि बताएका थिए । चीनको सरकारी मिडिया ग्लोबल टाइम्सले सूत्रको हवाला दिँदै भनेको छ ‘अपहरणमा परेका ५ जना भारतीय इन्टेलिजेन्सका स्टाफ हुन् जसले आफूलाई शिकारी बताइरहेका थिए ।’ ग्लोबल टाइम्सका अनुसार यी ५ जनाले सीमा पार गरेर तिब्बत षेत्र पुगेका थिए । अखबारले भारतीय पक्षले बेलाबेला चीनको बारेमा सूचना हासिल गर्नको लागि यस्ता उपाय अपनाउने बताएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *