किम जोंग उनको नीतिको आलोचना गरेपछि ५ अधिकारीलाई मृत्युदण्ड

डिसी नेपाल
२७ भदौ २०७७ १५:४७

काठमाडौं। उत्तर कोरियाली नेता किम जोंग उनको आलोचना गरेका कारण ५ जना उत्तर कोरियाली अधिकारहिरुलाई मृत्युदण्ड दिइएको खुलासा भएको छ । उत्तर कोरियाको विषयमा लेख्ने दक्षिण कोरियाली अखबार डेली एनकेका अनुसार यी ५ जनालाई गोली हानेर मारिएको थियो । उत्तर कोरियाको आर्थिक मन्त्रालयका यी ५ अधिकारहिरुले एक डिनर पार्टीमा देशको अर्थव्यवस्थाबारे चर्चा गरेका थिए ।

डिनर पार्टीमा यी ५ जनाले सरकारको नीतिको पनि आलोचना गरेका थिए । उनहिरुले देशमा औद्योगिक सुधारको आवश्यकता भएको र उत्तर कोरियाले आफूमाथि लागेका प्रतिबन्ध हटाउन विदेशी सहयोग लिनुपर्ने बताएका थिए । उनीहरुको यो कुरा किम जोंग उनले थाहा पाएका थिए । किम आर्थिक मन्त्रालयका पनि प्रमुख हुन् । उनले यी पाँचै जनालाई बोलाएर उनीहरुबाट उत्तर कोरियाको शासनलाई कमजोर गराउने प्रयास गरेको कबुल गराइएको थियो । ३० जुलाइमा उनीहरुलाई गोली हानिको थियो । उनीहरुका परिवारलाई येडोकमा राजनैतिक क्याम्पमा पठाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *