मालीमा हतियारधारीद्धारा आठ सर्वसाधारणको हत्या

डिसी नेपाल
२७ भदौ २०७७ १८:१५

बामाको । मालीको मध्य क्षेत्रको एक गाउँमा सशस्त्र हतियारधारीले आक्रमण गरी कम्तीमा पनि आठ जना सर्वसाधारण नागरिकको हत्या गरेका यहाँका स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।

मालीको मध्य क्षेत्रीय शहर बंकास नजिकैको एक गाउँमा हतियारधारीहरुले बुधबार सो हमला गरेका थिए । ती अज्ञात हतियारधारीले गरेको आक्रमणमा आठ जना मारिएका र अरु तीन जना नराम्ररी घाइते भएका बताइएको छ ।

सो क्षेत्रमा ठूलो संख्यामा सैनिक खटिरहेका थिए । यसकारण पनि विगत लामो समयदेखि त्यहाँ शान्ति रहेको थियो । तर बुधबार ती अज्ञात व्यक्तिहरु निकै ठूलो संख्यामा मोटरसाइकलमा आएका र गोली वर्साएका थिए ।

उनीहरुले सो गाउँका कैयौँ घरमा आगो लगाएका थिए । रातिको समयमा भएको सो हिंसामा गाउँलेहरुबीच त्रास फैलिएको थियो । उक्त हिंसा कसले र किन गरेको हो भन्ने बारेमा भने केही बताइएको छैन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *