सुरक्षा चिन्ताले रोकिएको कोरोनाको अक्सफोर्ड भ्याक्सिनको क्लिनिकल परीक्षण फेरि शुरु

डिसी नेपाल
२८ भदौ २०७७ ०:०३

काठमाडौं। बेलायतको अक्सफोर्ड विश्वविद्यालयले अनुसन्धान गरिरहेको कोरोना भाइरसको कोरोना भाइरसविरुद्धको खोपको पुनः क्लिनिकल परीक्षण शुरु गरिएको छ। तेस्रो चरणको परीक्षण चलिरहेका बेला सुरक्षा चिन्ता देखिएपछि परीक्षण रोकिएको थियो।

ब्रिटेनस्थित बायोफर्मा कम्पनी एस्ट्राजेनेकाले सो परीक्षण्ढा फेरि शुरु भएको जनाएको छ। सो कम्पनीले विज्ञप्ति जारी गर्दै अक्सफोर्ड विश्वविद्यालयले विकसित गरिरहेको खोपको परीक्ष शुरु गरिएको जनाएको हो। उसले सो खोपमा कुनै सुरक्षा समस्या नदेखिएकोसमेत पुष्टि भएको जनाएको छ।

तेस्रो चरणको परीक्षण निकै महत्वपूर्ण मानिन्छ। तेस्रो चरणको परीक्षणमा व्यापक सहभागिता हुने भएकाले यदि सो परीक्षण सफल भएमा त्यसलाई उपयोगका लागि बजारमा ल्याइन्छ।

कोरोना भाइरसले विश्वलाई आफ्नो चपेटामा लिएको ८ महिना भइसक्दा पनि हालसम्म यसको कुनै औषधि पत्ता लागेको छैन। विश्वभर हाल यसका ११ वटा खोपहरुको परीक्षण चलिरहेको छ। विश्व स्वास्थ्य संगठनले आगामी वर्षको मध्यसम्म खोप बजारमा आउन सक्ने विश्वा व्यक्त गरेको छ। (एजेन्सीकाे सहयाेगमा)




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *