कोरोना संक्रमित गरिबको बेहालः बेड नपाउँदा घरमै मरे, ठेलामा राखेर जलाउन लगियो

डिसी नेपाल
२८ भदौ २०७७ ८:२४

पुणे (एएनआइ)। कोरोनाभाइरसका कारण मृत्यु भएका एक युवाको शव ठेलागाडामा राखेर अन्तिम संस्कारका लागि लगिएको छ । भारतको पुणेको खानपुरा गाउँका ती युवाको अस्पतालमा बेड नपाएपछि घरमै मृत्यु भएको थियो । घटना शुक्रबारको हो ।

‘उनले कुनै पनि अस्पतालमा बेड पाउन नसकेपछि उनको घरमै मृत्यु भएको थियो । उनको स्वास्थ्य बिग्रिएपछि हामीले एम्बुलेन्स बोलाएका थियौं तर कुनै फाइदा भएन’ गाउँमा सरपंच निलेश जावलकरले एएनआइसँग भने । पुणे जिल्ला परिषदका सिइओ आयुष प्रसादले भने ती युवालाई सास फेर्न समस्या भएपछि एम्बुलेन्समा राखेर नाभाले अस्पताल लगिएको दावी गरेका छन् ।

‘त्यतिबेलादेखि उनको रिपोर्ट आउने प्रतिक्षा थियो । उनी आफैंले अस्पतालमा भर्ना हुन अस्वीकार गरेर कसैलाई पनि जानकारी नदिइ आफ्नो घर फर्किएका थिए । बिरामीको घरमै मृत्यु भएको यो पहिलो घटना हो’ उनले भने । ‘उनी निकै साँघुरो क्षेत्रमा बस्ने जहाँ एम्बुलेन्स जान सक्दैनथ्यो । श्मशान घाट उनको घरबाट ५००–७०० मिटर टाढा छ । कोभिड–१९ का बिरामीको शव काँधमा बोक्न नपाइने प्रोटोकलका कारण उनको शव ठेलामा लगिएको हो । यस विषयमा छानबिनको आदेश दिइउको छ’ उनले भने ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *