सास फेर्न समस्या भएपछि भारतीय गृहमन्त्री अस्पताल भर्ना, कोरोना संक्रमित भइसकेका हुन्

डिसी नेपाल
२८ भदौ २०७७ ८:३८

नयाँ दिल्ली। भारतका केन्द्रीय गृहमन्त्री अमित शाह शनिबार अबेर राती अस्पताल भर्ना भएका छन् । सास फेर्न समस्या भएपछि शाहलाई दिल्लीको अल इण्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्स (एम्स) अस्पतालमा भर्ना गरिएको छ । शनिबार राती गृहमन्त्री शाहलाई अस्पताल भर्ना गरिएको भारतीय संचारमाध्यमले जनाएका छन् । स्मरणीय छ शाह कोरोना संक्रमित भएर निको भइसकेका व्यक्ति हुन् ।

केही महिनाअघि शाह कोरोना संक्रमित पाइएका थिए । उपचारपछि निको भएर उनी अस्पतालबाट डिस्चार्ज भएका थिए । अहिले पुनः उनलाई सास फेर्न समस्या भएपछि अस्पताल भर्ना गरिएको हो । सूत्रका अनुसार कोरोनाभाइरस संक्रमणबाट निको भएपछि पनि शाहलाई सास फेर्न समस्या देखिइरहेको छ । अस्पताल सूत्रका अनुसार उनलाई केही दिन अस्पतालमै राखेर डाक्टरको निगरानीमा उपचार गराउनु उपयुक्त देखिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *