सिन्धुपाल्चोक पहिराे अपडेट : ४ जनाको शव भेटियो, २७ जना बेपत्ता
काठमाडौं। सिन्धुपाल्चोकमा गएको पहिरोमा पुरिएका मध्ये ४ जनाको शव भेटिएको छ। बाह्रविसे नगरपालिका ७ मा गएको पहिरोमा पनि अहिलेसम्म २७ जना बेपत्ता भएको नगर प्रमुख निमफुन्जो शेर्पाले जानकारी दिए।
शेर्पाका अनुसार केही शवहरुको शरिको अंग देखिएले शव भेटिने क्रम जारी रहेको छ। मौसम प्रतिकुल भएका कारण उद्दारमा कठिनाई भएको छ।
नगर प्रमुख शेर्पाले भने, ‘केहीको हात खुट्टाहरु देखिएको छ। हामी उद्दार गरिरहेका छौं। मौसमले गर्दा केही समस्या भएको छ। तै पनि जिल्लाबाट आएको नेपाल प्रहरीको टोली र नेपाली सेनाको टोलीले उद्दार गरिरहेको छ।’ शेर्पाले पहिरोबाट ३० घर पुरिएको जानकारी दिए।
नेपाली सेनाको टोलीले विहानैदेखि उद्दार गरीरहेको छ। शेर्पाका अनुसार सभामुख अग्नि प्रसाद सापकोटा पनि भरखरै पहिरोले क्षति पु¥याएको स्थानमा पुगेका छन्। उनले भने, ‘सभामुख ज्यू आइपुग्नु भएको छ। जिल्लाबाट एसपी साब पनि आइ पुग्नु भयो।’
No ads found for this position

डिसी नेपाल
Facebook Comment