अमेरिकामाथि चीनको जवाफी कारवाही

डिसी नेपाल
२८ भदौ २०७७ १४:१२

काठमाडौं। चीन र हङकङमा काम गरिरहेका अमेरिकी कूटनीतिज्ञहरुमाथि चीनले नयाँ प्रतिबन्धको घोषणा गरेको छ । चीनले यसलाई गत वर्ष अमेरिकामा काम गरिरहेका चिनियाँ कूटनीतिज्ञहरुमाथि अमेरिकाले लगाएको प्रतिबन्धको प्रतिक्रिया भन्दै यसलाई उचित कदम भनेको छ । कस्ता किसिमका नयाँ प्रतिबन्ध लगाइएका हुन् भन्ने जानकारी दिइएको छैन ।

अमेरिकी कूटनीतिज्ञहरुमाथि यसअघि नै चीनका कुनै पनि ठाउँमा जान र कलेज परिसरसम्म पुग्न प्रतिबन्ध लगाइसकिएको छ । बेइजिङले अमेरिकासँग आफ्नो दूतावास र त्यहाँका कर्मचारीहरुमाथि गाइएको प्रतिबन्ध हटाउन माग गरेको छ । शुक्रबार अबेर राती जारी अनलाइनन बयानमा विदेश मन्त्रालयका एक प्रवक्ताले यो नियम बेइजिङमा अमेरिकी दूतावास र पूरै चीनस्थित वाणिज्य दूतावासका बरिष्ठ कूटनीतिज्ञ र अन्य कर्मचारीमा लागू हुने बताएका छन् ।

प्रवक्ताले भनेका छन् ‘चीनले दुवै देशहरुका बीचमा सबै क्षेत्रमा सामान्य आदान प्रदान र सहयोगको समर्थन गरेको छ ।’ उनले यदि अमेरिकाले गत वर्ष अक्टोबरमा उठाइएका कदम फिर्ता लिएमा यो प्रतिबन्ध हटाइन सक्ने बताएका छन् । आफ्नो पहिचान जारी नगरी प्रवक्ताले भनेका छन् ‘हामी एक पटक फेरि अमेरिकासँग अपिल गर्छौं कि उसले आफ्ना गल्तीहरु सुधार गरोस् र चीनको दूतावास र उसका कर्मचारीहरुमाथि लगाएको अनुचित प्रतिबन्ध हटाओस् । यदि उसले यसो गरेमा चीनले पनि यसको सकारात्मक जवाफ दिनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *