कंगनाको समर्थनमा उनको तस्वीर अंकित सारी बजारमा

डिसी नेपाल
२९ भदौ २०७७ ०:१९

नयाँ दिल्ली (एजेन्सी)। भारतमा यतिबेला चलिचित्र अभिनेत्री कंगना रनौत र महाराष्ट्रको सत्तारुढ दल शिवसेनाबीच भइरहेको विवादले निकै चर्चा पाइरहेको छ। यहीबीचमा भारतको सुरतका एक कपडा व्यवसासीले कंगनाको समर्थनमा ‘मणिकिर्णका’ स्टाइलको सारी बजारमा ल्याएका छन्। जसमा कंगनाको तस्वीर अकिंत गरिएको अन्तर्राष्ट्रिय समाचार एजेन्सी एएनआईले जनाएको छ।

गुजरातको सुरतमा यूनिभर्सल टेक्सटाइल मार्केका रजत डाभरले यो सारीलाई बजारमा ल्याएका हुन्। उनले समाचार एजेन्सी एएनआईसँग कुरा गर्दै कंगनामाथि जे भयो त्यो स्वीकार गर्न नसकिने भन्दै उनको समर्थनमा यो सारी बजारमा ल्याएको बताएका छन्। उनले कंगनाको आवाज दबान खोजिएको र उनको मुम्बईस्थित कार्यालय भवनसमेत तोडिएको भन्दै त्यसको विरोधमा र कंगनाको समर्थनमा सारी बजारमा ल्याइएको बताए।

व्यापारी डाभरले सारी लच्न भएपछि अर्डर पनि आइसकेको बताए। उनले सो सारीको मूल्य १ हजार भारु तोकिएको जनाए। उनले कुनै ब्राण्डलाई प्रवद्र्धन गर्न यो सारी नबनाइएको भन्दै कंगनाको समर्थनका लागिमात्र सारी बनाइएको बताएका छन्।

कंगना र शिव सेना सांसद सञ्जय राउतबीच ट्वीटरमा विवादका बीच शिवसेनाको नेतृत्वमा रहेको बम्बे नगर निगम (बीएमसी)ले मुम्बईस्थित उनको कार्यालय भवन अवैधानिक रहेको भन्दै डोजर लगाएर भत्काइदिएको थियो। त्यसपछि यो विषयले भारतीय राजनीतिमै हलचल ल्याइदिएको छ।

आइतबारमात्र कंगनाले महाराष्ट्रका राज्यपाल भगतसिंह कोशियारीलाई भेटेकी छन्। भेटपछि फर्किँदा उनको हातमा दुई वटा कमलको फुल देखिएको थियो। कमलको फुलसहितको तस्वीर भारतीय सञ्चार माध्यमहरुले प्रकाशित गरेका छन्। कमलको फुल भारतीय सत्तारुढ दल भाजपाको चुनाव चिन्ह हो।

कंगनालाई भाजपाले समर्थन गरिरहेको छ। कंगना भाजपामा जानेसमेत भारतीय सञ्चार माध्यममा चर्चा भइरहेको छ। केही दिनअघि कंगनाकी आमा कााग्रेस त्यागेर भाजपामा प्रवेश गरिसकेकी छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *