काठमाडौंमा अब फेरि लकडाउन गर्ने कि नगर्ने भन्ने स्थानीय जनताकै हातमा !
फाइल फाेटाे।
काठमाडौं। सरकारको आदेश विपरित व्यापार सञ्चालन नगर्न जिल्ला प्रशासन कार्यालय काठमाडौंले अनुरोध गरेको छ। जिल्ला प्रशासन कार्यालय काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले व्यापार गर्ने वातावरण बनाइदिँदा आदेशविपरीत व्यापार, व्यवसाय सञ्चालन गरे फेरि बाध्य भएर लकडाउन गर्ने वातावरण बन्ने चेतावनी दिएका छन्।
सरकारले कोरोना संक्रमण नफैलियोस भनेर मिलाएर व्यवस्थित तरिकाले काम गर्ने वातावरण मिलाइदिएको समेत प्रजिअ दाहालले स्पष्ट पारे। सरकारका लागि आदेश मान्नुभन्दा पनि आफनो र समाजका लागि कोरोना नफैलियोस् भनेर मान्न जरुरी रहेको उनको सुझाव छ। यो खबर आजको गोरखापत्रमा मुकुन्द गैरेले लेखेका छन्।
आदेश पालना गरे नगरेको विषयमा बजारमा अनुगमनका साथै रिर्पोटिङ भईरहेको समेत प्रजिअ दाहालले जानकारी दिए। सरकारले जारी गरेका मापदण्ड अनुसार व्यापार, व्यावसाय सञ्चालन गर्न व्यापारीहरूलाई उनको आग्रह छ।
नेपाल राष्ट्रिय व्यवसायी महासंघका अध्यक्ष नरेश कटुवाल सरकारले जारी गरेको आदेशलाई मान्दै व्यवसाय चलाएको बताउँछन्। कुनै व्यापारीले सरकारको आदेशविपरीत काम गरेको भए त्यस्ता व्यापारीलाई कारबाही गर्ने अध्यक्ष कटुवालको प्रतिक्रिया छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment