गण्डकीमा ४४ जना कोरोना सङ्क्रमित थपिए

डिसी नेपाल
२९ भदौ २०७७ १७:००

गण्डकी। गण्डकी प्रदेशमा ४४ जना कोरोना सङ्क्रमित थपिएका छन्। थपिनेमा कास्कीको पोखरा महानगरपालिकाकाका ३४, रुपा गाउँपालिकाका चार, तनहुँको शुक्लागण्डकीका छ, लमजुङको मध्य नेपाल नगरपालिकाका तीन र स्याङ्जाको पुतलीबजार नगरपालिकाका एक जना रहेको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक एवं गण्डकी प्रदेश कोरोना रोकथाम तथा नियन्त्रण कार्यक्रमका प्रवक्ता डा विनोद विन्दु शर्माले जानकारी दिए।

योसँगै यो प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या तीन हजार ६४ पुगेको निर्देशनालयले जनाएको छ। रासस


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *