सीआइबीका कार्यरत एक डिएसपीसहित २६ जना प्रहरीलाई कोरोना संक्रमण

डिसी नेपाल
३० भदौ २०७७ १३:२४

काठमाडौं। नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा कार्यरतमा डिएसपी सहित २६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। कार्यरत प्रहरीमा संक्रमण देखिएपछि अहिले अन्य प्रहरीहरुको पनि स्वाब संकलन गर्ने काम भइरहेको छ।

सिआइबीका प्रमुख डिआइजी सहकुल थापाका अनुसार पोजेटिभ देखिएका सबै प्रहरीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। अहिले त्यहाँ बाहिरी भेटघाटमा रोक लगाइनुका साथै अत्यावश्यक काम बाहिरबाट सञ्चालन गरिएको छ।

पछिल्लो समयमा काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढ्दै गएको बेला प्रहरीमा पनि जोखिम बढ्दै छ। काठमाडौं उपत्यकामा मात्रै ८९२ प्रहरी कोरोनाका सक्रिय संक्रमित छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *