कोरोनाभाइरस रुघाखोकीको भाइरसजस्तै सामान्य मौसमी भाइरसमात्र रहने

डिसी नेपाल
१ असोज २०७७ १५:५३

काठमाडौं। शोधकर्ताहरुले कोरोनाभाइरस रुघाखोकी लगायत अन्य मौसमी भाइरसहरुजस्तै सामान्य भाइरसको रुपमा रहने प्रक्षेपण गरेका छन् । मानिसहरुमा हर्ड इम्युनिटी विकसित भएपछि कोरोनाभाइरस पनि अन्य सामान्य मौसमी फ्लु भाइरसजस्तै रहने शोधकर्ताहरुले प्रक्षेपण गरेका छन् । यद्यपि शोधकर्ताहरुले यस्तो अवस्था हर्ड इम्युनिटी प्राप्त भइसकेपछि मात्र हुने हुनाले त्यतिबेलासम्म मानिसहरुले सावधानी अपनाउनुपर्ने बताएका छन् ।

फ्रन्टियर्स इन पब्लिक हेल्थ पत्रिकामा प्रकाशित रिपोर्टका अनुसार समशीतोष्ण जलवायु भएका क्षेत्रमा जब हर्ड इम्युनिटी विकसित हुनेछ त्यसपछि यो भाइरसको प्रधान कम हुनेछ । समशीतोष्ण क्षेत्रमा नेपाल भएको क्षेत्रसहित अमेरिका, क्यानडा, जापान, न्यूजिल्याण्ड, पश्चिमी एसिया र उत्तरी अफ्रिी क्षेत्रहरु पर्छन् । अध्ययनकर्तामध्येका एक लेबनानस्थित अमेरिकन युनिभर्सिटी अफ बेरुतका डा. हसन जराकेटका अनुसार कोरोनाभाइरस अझै केही समय संसारमा रहनेछ । वर्षभरीमा यसको लहर आउन सक्छ । यद्यपि हर्ड इम्युनिटी पाप्त भएपछि यसको प्रभाव कम हुनेछ । त्यतिबेलासम्म मानिसहरुले शारीरिक दूरी, मास्क लगाउने, निजी सरसफाइ, समूहमा जम्मा नहुने जस्ता सावधानी अपनाउनुपर्नेछ ।

कतारको दोहास्थित बतार युनिभर्सिटीका डा. हादी यामिनका अनुसार सासको रोग फैलाउने कैयौं भाइरसको प्याटर्न मौसमी हुन्छ । खासगरी सम शीतोष्णक्षेत्रमा । समशीतोष्ण क्षेत्रमा जाडोको बेला इन्फ्लुएन्जा र अन्य भाइरस धेरै सक्रिय हुन्छन् जसको कारण रुघाखोकी लाग्छ । तर, यही भाइरस उष्णकटिबन्धीय क्षेत्रमा वर्षभर सक्रिय रहन्छन् । शोधकर्ताहरुका अनुसार भाइरसको प्रसारका प्रमुख कारण तापमान र आर्द्रता हुन् । मौसमले हावा, सतह र मानिसको शरीरमा संक्रमणको प्रसार प्रभावित गर्छ । यद्यपि कोरोनाभाइरस फरक छ र यसको प्रसार निकै तीब्र गतिमा हुन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *