काठमाडौं उपत्यकामा थपिए ६१८ संक्रमित

डिसी नेपाल
१ असोज २०७७ १६:३९

काठमाडौं । काठमाडौं उपत्यकामा बिहिबार ६१८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज उपत्यकाका तीन जिल्लामा २२४ महिला र ३९४ पुरुष गरी थप ६१८ कोरोना संक्रमित थपिएका हुन्।

आज काठमाडौंमा ५०७ (१६४ महिला, ३४३पुरुष), भक्तपुरमा ५० (२९ महिला, ३१ पुरुष), ललितपुरमा ६१ (३१ महिला, ३० पुरुष) मा कोरोना पुष्टि भएको हो। मन्त्रालयले संक्रमितको ठेगाना भने खुलाएको छैन। यस्तै आज उपत्यकामा १ जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा काठमाडौंका ८७ वर्षिय पुरुष रहेका छन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *