इङल्यान्डका अलराउन्डर डेभिड विले कोरोना संक्रमित

डिसी नेपाल
१ असोज २०७७ २०:२२

काठमाडौं । इङल्यान्डका अलराउन्डर खेलाडी डेभिड विले कोरोना संक्रमित भएका छन । डेभिड विले र आईसीसी ले ट्वीट गर्दे यो कुराको पुष्टि गरेको छ। टी २० ब्लास्टमा यार्कशायर टोलीका लागि खेलिरहेका विलेमा कोरोना पोजेटिभ देखिएपछि अब उनले बाँकी खेल खेल्ने छैनन। उनलाई तीन खेलबाट बाहिर गरिएको छ । डेभिड विले आफैले ट्वीट गर्दे उनी र उनकी श्रीमती कोरोना भाइरस परीक्षणको क्रममा पोजेटिभ भएको बताएका छन ।

डेभिड विले ट्वीट गर्दे लेखे, सबैले मलाई संदेश मार्फत सम्झिनु भएकोमा धन्यवाद। म र मेरी श्रीमती कोविड १९ परिक्षणको क्रममा पोजेटिभ देखिएका छौं । मैले टी २० ब्लास्टका बाँकी खेलहरू मिस गर्नेछु। सबैभन्दा दुःखको कुरा तीन खेलाडीहरू हाम्रो सम्पर्कमा आएका थिए, त्यसैले उनीहरू पनि जोखिममा रहेका छन् र अनुपलब्ध छन्।

यससँगै डेभिड विलेको सम्पर्कमा आएका सबै खेलाडीहरूलाई १४ दिनको लागि क्वारेन्टिनमा राखिएको छ। विलेको अतिरिक्त योर्कशायर टोलीका थप ३ खेलाडीहरू, टम कोहलर, जोश पोसडेन र म्याथ्यू फिशर सुरक्षाको कारण टी २० ब्लास्ट केहि खेलहरू खेल्ने छैनन्।

 


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *