आर्सनलका मार्टिनेज आष्टन भिल्लामा

डिसी नेपाल
१ असोज २०७७ २१:००

काठमाडौं । आष्टन भिल्लाले आर्सनलका गोल रक्षक इमिलियानो मार्टिनेजलाई अनुबन्धन गरेको छ । अर्जेन्टिनाका २८ वर्षीय इमालियानोलाई करिब एक करोड ७० लाख यूरोमा आष्टनले अनुबन्धन गरेको हो । भिल्लाका व्यवस्थापक डीन स्मिथले मार्टिनेज लामो समयका लागि आष्टनको प्रमुख खेलाडीको रुपमा भित्र्याइएको बताएका छन ।

उनी चार वर्षका लागि सम्झौता गरी अनुबन्धन भएका हुन । सन् २०१० मा युवा अवस्थामा आबद्ध भएका मार्टिनेज करिब दश वर्षपछि आर्सनल छोडेका हुन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *