अलि खान आईपीएल खेल्ने पहिलो अमेरिकी क्रिकेटर

डिसी नेपाल
१ असोज २०७७ २१:२१

काठमाडौं । तिब्र गतिका बलर अलि खान इन्डियन प्रिमियर लिग खेल्ने पहिलो अमेरिकी क्रिकेटर बन्ने भएका छन । उनको सहभागिताको प्रस्ताव स्वीकृतिका लागि प्रिमियर लिग बोर्डमा पठाइएको छ ।

इंग्ल्याण्डका तिब्र गतिका बलर हयारी गर्नीले काँधको शल्यक्रिया गर्नुपर्ने भएकोले आफ्नो नाम फित्र्ता लिएपछि कलकत्ता नाइट राइडर्सले उनको स्थानमा अलि खानलाई समावेश गर्न लागेको हो । क्यारेबियन प्रिमियर लिगमा ट्रिनबागो नाइट राइडर्सका लागि खेलेका खानसहितको फोटो इन्स्टाग्राममा राख्दै ड्वायन ब्राभोले अर्को गन्तब्य दुबई हुने उल्लेख गरेका छन । इन्डियन प्रिमियर लिगमा कलकत्ता नाइट राइडर्स अभिभावक रहेकै कम्पनीकै मातहात क्यारेबियन प्रिमियर लिगमा ट्रिनबागो नाइट राइडर्स टोलि रहेको छ । क्यारेबियन प्रिमियर लिगमा खानले आठ खेलमा प्रति ओभर ७.४३ रन खर्चेर आठ विकेट लिएका छन । खानको औसत बलिङ स्पिड १४० किलोमिटर प्रति घण्टा मापन गरिएको छ । र उनले बीचको ओभरमा बलिङ गर्दै आएका छन ।

खान योर्कर लम्बाईको बलिङका लागि समेत चिनिन्छन । सन् २०१९ मा नामीबिया विरुद्धको खेलमा ४९ औं ओभरमा तीन विकेट लिएर उनले आफ्नो महत्वलाई दर्शाएका थिए । १२ बलमा १४ रन आवश्यक छँदा उनको बलिङले नामीबियालाई रोक्दा अमेरिकाले एकदिवसीय क्रिकेट खेल्ने मान्यता यथावत राखेको थियो ।

सन् २०१८ मा अमेरिकाले केन्यालाई हराउँदा खान म्यान अफ द् म्याच घोषित भएका थिए । कलकत्ताले गत् वर्ष समेत खरिद गरेपनि अलि खानले अन्तिम एघारमा स्थान सुनिश्चित गर्न सकेका थिएनन ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *