अफगानिस्तान क्रिकेट लीगमा टिम मालिकको डेब्यु, पहिलो खेलमै प्रतिबन्ध
काठमाडौं । अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी)ले अब्दुल लतीफ अयूबीलाई प्रतिबन्ध लगाउने निर्णय गरेको छ । चालिस बर्षीय लतीफ अफगानिस्तानको शपगीजा क्रिकेट लिगमा काबुल ईगल्स टीमका मालिक रहेका छन । कर्मचारीसँग गलत ब्यवहार गरेको आरोपमा उनलाई प्रतिबन्ध लगाईएको छ । हास्यास्पद कुरा के हो भने अब्दुल लतीफले जारी लिगमा टी–२० डेब्यू गरे र एउटा खेल पनि खेले। एक खेल खेलेपछि उनीमाथि प्रतिबन्ध लगाइयो ।
यो घटना अफगानिस्तान क्रिकेट बोर्डको घरेलु टी –२० प्रतियोगिता (शपगीजा क्रिकेट लिग) को समयमा भएको थियो। यो प्रतियोगिताको सुरुवात २०१३ मा भएको थियो । प्रतियोगितामा ६ टोलीहरु रहेका छन । छ टोलीको नाम मिस ऐनक नाइट्स, ब्यान्ड–ए–आमिर ड्रयगन, आमो शार्क, स्पीन घर टाइगर, काबुल ईगल्स, बूस्ट डिफेन्डर फाइटिंग रहेका छन ।
अब्दुल लतीफ आयुबी जारी लिगमा काबुल ईगल्सका मालिक हुन् र उनले जारी सिजनमा खेलाडीको रूपमा डेब्यू गरेका थिए। उनले स्पीन घर टाइगर्स बिरुद्व १३ सेप्टेम्बरमा टी २० आईमा डेब्यु गरे । रिपोर्टका अनुसार अयुबीले कमेन्टेटरसँग गलत ब्यवहार गरेपछि अफगानिस्तान क्रिकेट बोर्ड (एसीबी) ले एक खेल पछि उनलाई प्रतिबन्ध लगायो।
एसीबीले सोशल मिडिया ह्याण्डल मार्फत यो कुराको पुष्टि गरेको छ। एसीबीको ट्वीटमा काबुल ईगल्स फ्रेन्चाइजी मालिक अब्दुल लतीफ अयुबीलाई बाँकी प्रतियोगितामा भाग लिन प्रतिबन्ध लगाइएको जनाईएको छ। यसका साथै एसीबीले अनुशासन संहिताको धारा उल्लंघन गरेको आरोपमा अर्थात कर्मचारी वा खेलाडीलाई दुर्व्यवहार गरेको आरोपमा ३० हजार अफगानी मुद्रा जरिवाना पनि लगाएको छ। यसमा नराम्रा भाषा प्रयोग गरेर सम्पत्तिलाई हानी पुर्याउनु समावेश छ।
@TheKabulEagles franchise owner Ab.Latif Ayobi is banned from attending the remainder of #Etisalat4GSCL2020 & fined 30000 AFNs for violation of Articles 9 &18 of the ACB Disciplinary Code which deals with misbehavior with Staff or players, using foul language & damaging property.
— Afghanistan Cricket Board (@ACBofficials) September 14, 2020
Facebook Comment