चीनसँग ज्यान जोगाउन भागेकी चिनियाँ वैज्ञानिक जब अमेरिकी कम्पनीको कारवाहीमा परिन्…

डिसी नेपाल
२ असोज २०७७ ८:१८

काठमाडौं। ट्वीटरले चिनियाँ भाइरोलोजिस्ट ली मेंग यानको खाता सस्पेण्ड गरिदिएको छ । ली मेंग यानले हालै कोरोनाभाइरस चिनियाँ वैज्ञानिकले चीनको वुहानस्थित प्रयोगशालामा बनाएको र यो भाइरस प्राकृतिक नभएको दावी गरेकी थिइन् । प्रतिष्ठित हङकङ विश्वविद्यालयमा कार्यरत उनले यही खुलासा गरेका कारण ज्यान जोगाउन देश नै छाडेर भाग्नुपरेको दावी गरेकी थिइन् । उनी अहिले अमेरिकामा लुकेर बसिरहेको बताइएको छ ।

चीनमाथि गम्भीर आरोप लगाएकी लीको अकाउण्ट बन्द गरिएपछि यो विषय अहिले चर्चामा छ । डेलीमेलका अनुसार मंगलबार उनको ट्वीटर बन्द गरिएको हो । ट्वीटरले यस विषयमा कुनै टिप्पणी गरेको छैन । यानले कुनै विशेष ट्वीट गरेको र त्यो ट्वीटमा ट्वीटरको नियम उल्लंघन भएको हुन सक्ने मानिए पनि यो कुरा प्रस्ट छैन । अमेरिका र चीनबीच तनावपूर्ण स्थितिमा चीनविरुद्ध प्रमाण पेश गर्न सक्छु भन्ने वैज्ञानिकलाई अमेरिकी कम्पनीले कारवाही गरेपछि अहिले यो विषयले तरंग ल्याएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *